एमसीसी पारित हुन्छ : देउवा

एमसीसी पारित हुन्छ : देउवा

दाङ : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जसरी पनि संसदबाट पारित हुने बताएका छन्।नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले त्यस्तो बताएका हुन्। 

उनले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुने विश्वास व्यक्त गरे। विकसित मुलकका लागि एमसीसी मुटु नै भएको उनको जिकिर छ।यो पारित भए विद्युत व्यापार र विस्तारमा महत्वपूर्ण कार्य हुने उनले बताए। 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षका साथीलाई चित्त दुखाइ भएको आरोप लगाए। उनले भने,' कालापानी, लिपुलेक नेपालको हो भन्दा पार्टीभित्रै विवाद बढाइयो।' उनले वर्तमान सरकारले दुई वर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको आरोप लगाए।

उपभोक्ता समितिका नाममा समेत सरकारले भ्रष्टाचार गरेको उनको आरोप छ। उनले प्रदेश नं ५को स्थायी राजधानी छिटो तोक्नुपर्नेमा जोड दिए। कांग्रेसले भद्र र सभ्य तरिकाले प्रतिपक्षको भूमिका निभाइरहेको भन्दै कुनै मुद्दालाई लिएर कांग्रेसले कुर्सी नभाच्ने बताए। मानव अधिकार संगठनको महाधिवेसको उद्‍घाटन गर्न देउवा दाङ आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.