के हो 'ट्वेन्टी सेभेन क्लब' ?

के हो 'ट्वेन्टी सेभेन क्लब' ?

विश्वप्रसिद्ध मनोरञ्जन पत्रिका ‘रोलिङ स्टोन’ले पहिलो पटक प्रयोग गरेको थियो–‘ट्वेन्टी सेभेन क्लब’शब्दावली । २७ वर्षको उमेरमा निधन भएका संगीतकर्मी र अभिनेताहरूको समूहलाई भनिने ट्वेन्टी सेभेन क्लबमा हालसम्म ७१ जना सदस्य आबद्ध भइसकेका छन् । 

रोलिङ स्टोनका अनुसार सन् १८९२ मा बितेका संगीतकार  अलेक्सान्द्र लेभीदेखि सन् २०१८ मा निधन भएका र्‍यापर फ्रेडो सान्टानासम्मलाई समेट्दा २७ वर्षको उमेरमा मृत्युवरण गर्ने विश्वप्रसिद्ध कलाकारको संख्या ७१ पुगेको छ । यो क्लबमा संगीतकर्मीको आधिक्य छ । 

निर्भाना ब्यान्डका कर्ट कोबेन, रोलिङ स्टोन्सका ब्रायन जोन्स र ज्यानिस जोप्लिन, गिटारिस्ट जिमी हेन्ड्रिक्स, गायक जिम मोरिसन २७ वर्षको उमेरमा बितेका थिए । 

कोबेनको आत्महत्यापछि ट्वेन्टी सेभेन क्लबबारे चर्चा हुन थाल्यो । कलाकारको अल्पायुमै मृत्यु हुनु (खास गरी २७ वर्षको उमेरमा)का पछाडि विशेष कारण छ कि भन्ने विषयमा अध्ययन हुन थाल्यो । तर, अध्ययनहरू कुनै सैद्धान्तिक निष्कर्षमा पुग्न सकेनन् । धेरैको निक्र्योल थियो– ‘कम उमेरमा प्राप्त प्रसिद्धिलाई ह्यान्डल गर्न नसक्दा यस्तो भएको हुन सक्छ ।’ 

कालगतिले २७ वर्षको उमेरमा मर्ने त छँदै छन्, यही उमेरमा आत्महत्या गर्ने पनि छन् । अभिनेता जोनाथन ब्रान्डिसलगायत केहीले २७ वर्षमा जीवन समाप्त गरेका थिए । 

गायिका एमी वाइनहाउस पनि २७ वर्षको उमेरमा बितेकी थिइन् । २४ वर्षको भएपछि उनी आफ्ना साथीहरूसँग बारम्बार भन्ने गर्थिन्, ‘म त २७ वर्षमा बित्छु होला ।’ नभन्दै विषजन्य मदिराका कारण उनको यही उमेरमा मृत्यु भयो र उनी कुख्यात क्लबकी सदस्य भइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.