अर्ब मूल्यबराबरको जग्गा अतिक्रमण

अर्ब मूल्यबराबरको जग्गा अतिक्रमण

काठमाडौं : टोखा नगरपालिका ५ स्थित धापासीमा रहेको एक अर्ब मूल्यभन्दा बढीको सार्वजनिक जग्गा व्यक्तिको नाममा छ। धापासी हाइट जाने बाटोमा रहेको उक्त जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले व्यक्तिको नाममा रहेको यो जग्गा बदर गर्दै सरकारी कायम हुने निर्णय गरिसकेको छ। तर प्रतिजग्गा अझै पनि व्यक्ति र विभिन्न संघ संस्था कब्जा गरिरहेका छन््। साविकको धापासी वडा नम्बर ९ (क) को १० रोपनी २ आना ३ पैसा जग्गा १३९ कित्ता नम्बरको हो। त्यो कित्ता काट भएर ६९५ र ६९६ कायम गरिएको छ। कित्ता नम्बर ६९५को २ रोपनी जग्गा नेपाल चलचित्र कलाकार संघको नाम छ भने कित्ता नम्बर ६९६ को ८ रोपनी २ आना ३ पैसा प्रति नेपाल सरकार प्लट रजिष्टरमा कायम रहेको जग्गा अतिक्रमित छ। नक्सामा नेपाल सरकारको नाम भए पनि त्यो जग्गा मोतीकुमार भारी, निर्मलादेवी, सावित्री घिमिरे, नम्रता थापा, नानीमैया केसी, किशोरकुमार खड्का, भागीरथी चौलागाई, लवरी खड्काले आफ्नो जग्गामा समावेश गरेका हुन्।

यस्तै त्यो सरकारी सार्वजनिक जग्गामा सिद्धा श्रम शक्ति केन्द्र, ओ कल्कीनारायण मन्दिर, ब्रहमाकुमारी राजयोग उपसेवा केन्द्रको पक्की भवन छ। त्यो पनि स्थानीय तहले अतिक्रमण गरेको छ। टोखा वडा नम्बर ५ को मातहतमा रहेको पक्की भवनमा टोखा नगरपालिकाबाट बजेट विनियोजन गरेर तला थप्ने काम भइरहेको छ। यो सरकारी जग्गा केही जग्गामा पक्की सडकमा पनि परेको छ। कित्ता नम्बर ६९६ सँग जोडिएको १० रोपनी ९ आना ८ पैसा जग्गा पनि अतिक्रमित छ।

कित्ता नम्बर १८ को ४ रोपनी ९ आना, कित्ता नम्बर १९ को २ रोपनी ८ आना ८ पसा र कित्ता नम्बर २८ को ३ रोपनी ८ आना सरकारी कित्ता अतिक्रमण करिब कवाड संकलन गर्ने स्थल बनाइएको छ। त्यहाँबाट जनप्रतिनिधि र स्थानीय गुण्डाहरूले ठूलो रकम असुल उपर गर्दै आएको स्थानीय बताउँछन्। संरक्षण गर्ने निकायले अतिक्रमण गरेको स्थानीयको आरोप छ।

कित्ता नम्बर– १८ को ४ रोपनी ९ आना जग्गा फिल्ड बुकमा नै किर्ते गरी गणेशकुमारी बस्नेतको नाम दर्ता गरिएको थियो। फिल्ड बुकमा नै त्यो सरकारी जग्गा बस्नेतले किर्ते गरी नापीको फिल्डबुकमा आफ्नो नाम र सहीछाप थपेको थियो। यस्तै कित्ता नम्बर २८ को ३ रोपनी आठ कठ्ठा जग्गा ठूली कान्छी थपिनीको नाम कायम गरिएको थियो। कित्ता नम्बर १८ र २८ का सम्बन्धमा अख्तियारबाट मुद्दा दायर भएर सरकारी नाम फिर्ता भइसकेको छ। यो सरकारी जग्गा व्यक्तिको नाम किर्ते गर्ने कर्मचारी माथि अख्तियारले दायर गरेको मुद्दामा सर्वोच्च अदालतबाट नै दोषी ठहर भइसकेको छ।

गणेशकुमारी र थपिनीको नाम र सहीछाप अख्तियारले क्रमशः ०६७ भदौ १० गते र ०६८ साउन ९ गते बदर गरी साविकबमोजिम सरकारी जग्गा फिल्ड बुकमा यथावत कायम गरिएको छ। अख्तियारले बदर गरेको जग्गा पनि अतिक्रमित नै छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले त्यो जग्गामा पञ्चायतकालबाटै अतिक्रमण हुँदै आएको बताए। उनले अहिलेका जनप्रतिनिधिले अतिक्रमण नगरेको दाबी गरे। ‘यो पञ्चायत कालकै लफडा हो, अहिलेको कुरा होइन यो’, उनले भने, ‘अहिले तथ्य बुझ्न थालेका छौं। २०औं वर्षदेखि कब्जा गरेर बसेका छन्।’

त्यो जग्गालाई संरक्षण गर्नकै लागि नगरपालिकाले ४ रोपनीमा पार्क बनाउने योजना बनाएको उनले बताए। ‘हामीले अतिक्रमण गरेका छैनौं,’ उनले भने, संरक्षणकै पार्क बनाउन लागेका हौं’, उनले भने। उनले वडामार्फत अतिक्रमण र कब्जा गरिएको जग्गाको विवरण कार्यपालिकाको निर्णय गरेर माग गरिरहेको बताए। अतिक्रमण गर्ने जग्गा छोड्न पत्राचार गर्ने तयारी भइरहेको उनले बताए। ‘कब्जा गर्नेलाई छोड्न पत्राचार गर्छौं, मानेन भने प्रहरी प्रशासन गुहार्छौं’, उनले भने।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नगरप्रमुखलाई राखेर अतिक्रमण हटाउने सैद्धान्तिक सहमति गरेको बताए। उनले यकिन विवरण लिने काम भइरहेको जानकारी पनि दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.