विश्‍वविद्यालयमा महिनौँदेखि भागबण्डाको अडान, कांग्रेस भन्छ, ‘हामीलाई पनि समेट्नुपर्छ’

विश्‍वविद्यालयमा महिनौँदेखि भागबण्डाको अडान, कांग्रेस भन्छ, ‘हामीलाई पनि समेट्नुपर्छ’

काठमाडौं : विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा मुख्य दलबीच भागबन्डा नमिल्दा ढिलाइ भएको छ । उपकुलपति भागबन्डामा सत्तारुढ नेकपाभित्र आन्तरिक र प्रमुख विपक्षी दल कांग्रेसबीच कुरा नमिल्दा उपकुलपति नियुक्ति अड्किएको हो ।

मुख्य विपक्षी दल कांग्रेसलाई पनि केही विश्वविद्यालयमा भाग दिनुपर्ने भएकाले नियुक्ति झन् जटिल बन्दै गएको छ । अहिले पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति रिक्त छ । नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष र सदस्य तथा त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष पनि खाली छ । यी पद ६ महिनादेखि रिक्त छन् ।

यी विश्वविद्यालयहरु निमित्त उपकुलपतिको भरमा चलिरहेका छन् । रिक्त पदमा नयाँ नियुक्तिबारे शनिबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा नेताहरूले आफूनिकटलाई उपकुलपति तथा अन्य पदमा नियुक्त गर्नुपर्ने अडान राखेपछि सहमति जुटेन । विश्वविद्यालयका कुलपतिको हैसियतमा प्रधानमन्त्रीले छलफलका लागि अन्य दुई नेतालाई बोलाएका थिए । प्रधानमन्त्रीले कांग्रेस सभापति देउवालाई छलफलका लागि शुक्रबार नै बोलाएका थिए । तर देउवा शुक्रबार व्यस्त भएपछि शनिबार मात्र छलफल भएको हो ।

पदाधिकारी रिक्त रहेको संवैधानिक आयोग, विश्वविद्यालय तथा अन्य राजनीतिक नियुक्ति गर्नुपर्ने ठाउँमा नियुक्तिका सम्बन्धमा छलफल भएको छ । छलफलमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्बाङले भने, ‘प्रधानमन्त्रीले संसद् सञ्चालनदेखि अन्य नियुक्तिका विषयमा प्रतिपक्षी दलसँग संवाद थाल्नुभएको छ । टीआरसी र बेपत्तामा सम्वादबाटै निकास निस्केको छ । यसै सिलसिलामा अन्य निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि प्रमले छलफल थाल्नुभएको हो ।’

कांग्रेसका नेता रमेश लेखकले पनि प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको बताए । पदाधिकारी नियुक्त गर्दा भागबन्डाभन्दा पनि योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव प्रधानमन्त्रीले छलफलमा राखेका थिए ।

स्रोतका अनुसार कांग्रेस नेताले विश्वविद्यालयमा नियुक्ति गर्दा कतै न कतै आफूहरूको पनि कुरा हुने भन्दै सहमतिमै अघि बढ्नुपर्ने अडान राखेका थिए । शनिबार कुरा नमिलेपछि अर्को बैठक बस्नेगरि छलफल टुंगिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सर्च कमिटीले यसअघि नै उपकुलपतिका लागि सम्भावितको सूची प्रधानमन्त्री ओलीलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले तत्काल उक्त सूची आफूसँगै राख्न शिक्षामन्त्रीलाई निर्देशन दिएपछि नियुक्ति प्रक्रिया ढिलो भएको हो ।

पछिल्लो समय विश्वविद्यालयमा भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने परिपाटी चलेको भन्दै शिक्षाविद्ले विरोध गर्दै आएका छन् । भागबन्डाभन्दा पनि योग्यलाई विश्वविद्यालय प्रवेश गराउन उनीहरूले माग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.