‘ट्राफिकले यो भीआईपी, यो सर्वसाधारण भन्दैन’

‘ट्राफिकले यो भीआईपी, यो सर्वसाधारण भन्दैन’

सञ्चै हुनुहुन्छ, सर ?

ठीकै छु।

जागिर खान थालेको कति समय भयो ? 

दुई वर्ष भयो। यसअघि सिभिलमा थिएँ। त्यहाँ छ वर्षजति काम गरेँ। 

अध्ययन कहाँसम्म पुग्यो ? 
प्लस टू पास गरेको छु। 

यहाँको घर कहाँ पर्‍यो ? 
बर्दियाको गुलरिया। 

घर कहिले जानुहुन्छ त ?
बेला–बेलामा छुट्टी मिलाएर जान्छु।

बिहे भइसक्यो ?
अहिलेसम्म त भएको छैन।  

कहिले जुर्छ त साइत ?
जुर्ला नि कुनै दिन !

तपार्इंको सपना ट्राफिकमा जागिर खाने थियो ? 
पुसिलमा जागिर खाने रहर थियो। रहरै–रहरमा जागिर खाइयो। त्यसपछि काठमाडौँमा ड्युटीमा खटियो। दुई वर्ष यहाँ काम गरेँ। त्यसपछि दाङ सरुवा भयो। दाङमा चार वर्ष बसेँ। त्यसपछि ट्राफिकमा जान मन लाग्यो। ट्राफिकमा दरबन्दी खुलेको बेला फाराम भरेँ। अनि, तालिममा खटाइयो। अहिले कोटेश्वर शाखामा कार्यरत छु। 

कोटेश्वरमा जाम बढ्नुको कारण के होला ?
बालकुमारीतिर छ लेनको बाटो छ। भक्तपुरतिरबाट पनि चार लेनमा गाडी आउँछन्। सबै एकै ठाउँमा आएर डल्लो परेजस्तै हुन्छन्। नाका नै सानो छ। त्यस्तै, जाम हुनुको अर्को कारण पैदलयात्री हुन्। एक जना पैदलयात्रीले बीचमा बाटोे काट्यो भने एउटा गाडीले ब्रेक लगाउनुपर्छ। जसले गर्दा पछाडिका पाँच–सात वटा गाडीमा पनि असर पर्छ। चालकको लापर्बाहीले पनि जाम हुने गर्छ। जथाभावी यात्रु झार्ने–हाल्ने गर्छन्, अनि जाम हुन्छ। 

कोटेश्वरमा ट्राफिक व्यवस्थापन गर्न कत्तिको अप्ठ्यारो छ ? 
निकै चुनौतीपूर्ण छ। हामी बिहानदेखि नै ड्युटीमा खटिन्छौँ। बिहान ५ देखि १० बजेसम्मको एउटा सिफ्ट हुन्छ। अनि, आएर खाना खान्छौँ, एक छिन आराम गर्छौं। फेरि ३ बजेदेखि ड्युटी सुरु हुन्छ। पिकआवरमा एक्स्ट्रा ड्युटी गर्छौं। त्यही पनि चाप नियन्त्रण गर्न हम्मे–हम्मे पर्छ। 

ट्राफिक व्यवस्थापनका लागि चालकलाई के सुझाव दिन चाहनुहुन्छ ? 
बसले ‘पिक एन्ड ड्रप’ गर्ने ठाउँमा ‘पिक एन्ड ड्रप’ गर्नुपर्‍यो। ट्राफिक नियम पालना गर्नुपर्‍यो। जथाभावी पार्किङ गर्नु भएन। उनीहरूले यति कुरा बुझे खासै जाम हुँदैन। 

ड्युटी गर्दा कुनै भीआईपीलाई कारबाही गर्नुभएको छ ? 
ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्नु हाम्रो काम हो। चाहे त्यो साधारण मान्छे होस् वा भीआईपी। गल्ती गरे जसले पनि सजायको भागीदार हुनुपर्छ। कसैले छुट पाइँदैन। ट्राफिकले यो भीआईपी, यो सर्वसाधारण भन्दैन।  

कसैले विवाद गर्न खोजे के गर्नुहुन्छ ? 
सम्झाउँछौँ। बाटोमा मानेनन् भने अफिसमा ल्याएर भए पनि सम्झाउँछौँ। 

जाडोमा मापसे गरेर गाडी चलाउनेको संख्या कत्तिको बढेको छ ?
अरू समयभन्दा जाडोमा बढी नै हुन्छ। अघिल्लो वर्षभन्दा यो वर्ष मापसे कारबाहीमा पर्ने बढेका छन्। 

मापसे गरेर गाडी चलाउनेलाई के सजाय हुन्छ ? 
पहिले लाइसेन्समा प्वाल पारिन्थ्यो। अहिले डिजिटल लाइसेन्समा प्वाल पार्न मिल्दैन तर रेकर्ड भने बस्छ। छ पटकसम्म मापसेमा समातिएका मान्छेको लाइसेन्स छ महिनाका लागि खारेज हुन्छ। 

प्रस्तुतिः सुमित 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.