तनहुँमा चितुवाको आक्रमणबाट १० वर्षीय बालकको मृत्यु
दमौली : तनहुँको बन्दीपुरस्थित आगनमा खेल्दै गरेका एक बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
तनहुँ बन्दिपुर ४ लोईपाखामा सोमबार साँझ स्थानीय १० वर्षीय ईस्क सुनारको मृत्यु भएको हो । आगनमा खेल्दै गरेका उनलाई चितुवाले समातेर जंगलसम्मै पुर्याएको थियो ।
जंगल नजिकै रहेको घरबाट बालक बेपत्ता भएपछि परिवारका सदस्य र छिमेकीले उनको खोजीको क्रममा बालकलाई खोल्सीमा मृत भेटेका थिए । यसअघि भानु नगरपालिका र आँबुमा पनि चितुवाले मान्छेलाई आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !