मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

रुकुम : मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक शिक्षकको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका दार्मा गाउँपालिका-१ रानीपानी निवासी ४२ वर्षीय टेकबहादुर केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

राष्ट्रिय माध्यामिक विद्यालय दार्माकोटमा कार्यरत शिक्षक केसी सवार रा ३ प ७००० नम्बरको मोटरसाइकलमा तुलसीपुर जाने क्रममा सोमबार बेलुकी दुर्घटना भएको थियो। घाइते शिक्षकको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको खतिवडाले बताए।

केसी नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्षसमेत रहेका थिए। सडकमा बसलाई उछिनेर अगाडि जाने क्रममा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ। केसीको शव परीक्षण पछि आफन्तलाई बुझाइएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.