अपराधिक समूह र प्रहरीबीच गोली हानाहान

अपराधिक समूह र प्रहरीबीच गोली हानाहान

रौतहट : प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ ।मंगलबार राती साढे १२ बजे रौतहटको इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा अपराधिक समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन्।  भारतको मोतिहारी जिल्ला बारफरीद ग्राम पन्चायत ६ का २१ वर्षीय चाँदअली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अपराधिक समूहले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफीफायर गर्दा एकजना घाइते भएको बताइएको हो।

चाँद अलीको खुट्टामा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र एउटा गोलीको खोका बरामद गरेको छ ।रौतहट तथा भारतका विभिन्न स्थानमा अपराधिक गतिविधि गर्दै आएका चादअलीलाई पक्राउ गरिएको र अन्य दुईजना भारत तर्फ भागेको रौतहटका एसपी रजिराज खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.