श्रीपञ्चमी कि उपयुक्त स्कुल रोज्ने ?

श्रीपञ्चमी कि उपयुक्त स्कुल रोज्ने ?

आज श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन। शिक्षारम्भका लागि यो दिन उत्तम मानिन्छ। आफ्ना बालबालिकाले सधैंभरि राम्रो पढ्न सकून् भन्ने कामना गर्दै अधिकांश अभिभावक पनि यसै दिन आफ्ना नानीबाबूलाई स्कुल भर्ना गर्छन्, अक्षर लेखाउँछन् र चिनाउँछन्।

हुन त श्रीपञ्चमीमा स्कुल भर्ना गरेर मात्र बालबालिको शिक्षा राम्रो हुने होइन। केटाकेटीको शैक्षिक भविष्य निर्माण कार्यमा उनीहरूले शिक्षा प्राप्त गर्ने पहिलो आधार कस्तो छनोट गर्ने भन्ने कुराले निकै भूमिका खेल्छ। बालबालिकाले प्राप्त गरेको आधारभूत शिक्षाको जगले नै उनीहरूको शैक्षिक भविष्य निर्माण गर्ने भएकाले पूर्वप्राथमिक शिक्षाको अवधारणा आएको हो।

पश्चिमी जगत्मा धेरै पहिलेदेखि प्रयोग र प्रचलनमा रहको भए पनि नेपाली परिवेशमा पूर्वप्राथमिक शिक्षा सुरु भएको धेरै भएको छैन। धेरै अभिभावकले सरस्वती पूजाबाट आफ्ना बाबूनानीलाई प्रि स्कुल (मन्टेश्वरी स्कुल) मा राख्ने तयारी गर्दै हुनुहुन्छ। कस्तो प्रि–स्कूल बालबालिकाका लागि राम्रो हुन्छ भन्ने अभिभावकमा रहेको दोधार अन्त्य गर्ने प्रयास यहाँ गरिएको छ।

पूवार्धार : बालबालिकाको मानसिक र शारीरिक विकासका लागि स्कुलको पूर्वाधारले असर पुर्‍याउने गर्छ। विद्यालयको भौतिक संरचना तथा पूर्वाधारले उनीहरूलाई जति आकर्षण गर्न सक्छ, उति नै उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। विद्यालयमा बालबालिकालाई खेलकै माध्यमबाट सिकाउन सकिने भौतिक पूर्वाधार हुनुपर्छ। यीबाहेक छुट्टै मन्टेश्वरी ल्याब, प्ले ग्रुपलाई सुताउने कोठा, सफा फराकिलो भान्छा आदि व्यवस्था भए राम्रो मानिन्छ।

जनशक्ति : शिक्षण सिकाइ क्रियाकलापमा शिक्षकको केन्द्रीय भूमिका रहन्छ। अझ पूर्वप्राथमिक तहका बालबालिकालाई पढाउने व्यक्तिले निर्माण गरेको जगले विद्यार्थीको शैक्षिक भविष्यको निर्माण गर्ने भएकाले उसको महत्त्व झनै बढ्न जान्छ। प्रि–स्कुलमा हुने प्रिन्सिपल, शिक्षक, आयालगायतका सबै बालबालिका प्रेमी हुनुपर्छ।

खाना : आफ्ना नानीबाबू भर्ना गर्न लागेको विद्यालयमा खानाको कस्तो व्यवस्था छ भन्नेबारेमा जानकार हुन आवश्यक छ। हप्ता दिनभरि दिने खानाको सूची हेर्नुपर्छ। बढी मसालेदार खाना बालबालिकाका लागि उपयुक्त हुँदैन। बढी प्रोटिनयुक्त खाना पनि बालबालिकालाई पचाउन गाह्रो हुन्छ।

 अतिरिक्त क्रियाकलाप : बालबालिकामा गराइ र सिकाइ पद्धतिबाट छिटो सिक्ने क्षमता हुन्छ। यसर्थ विद्यालयले उनीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने –नगराउने बुझ्न जरुरी छ। स्कुलको शैक्षिक पात्रोबाट वर्षभरि गरिने क्रियाकलापबारेमा जानकारी लिन सकिन्छ। स्कुलमा सांस्कृतिक पर्व जस्तै दसैं, तिहार, तीज, होली, क्रिसमस मनाउने चलन छ–छैन, बुझ्न जरुरी छ। यसले बालबालिकालाई चाडपर्व संस्कृति बुझ्न सहज हुने गर्छ।

स्कुल संस्थापक : स्कुल संस्थापकहरूको शैक्षिक योग्यता, शैक्षिक क्षेत्रको अनुभव के-कति छ त्यसले स्कुलको व्यवस्थापनमा असर पर्ने हुँदा यो पनि जान्नु जरुरी हुन्छ।

पाठ्यक्रम : पठ्यक्रम भनेको धावक दौडेर गन्तव्यसम्म पुग्ने धावन मार्ग हो। यो मार्ग उपयुक्त भएन भने उनीहरू लक्ष्य चुम्न सक्दैनन्। प्रि–स्कुलमा दुईदेखि पाँच वर्षका बालबालिका हुने हुँदा तिनीहरूको मानसिक र शारीरिक विकाससँगै शैक्षिक विकास हुने पाठ्यक्रम हुनुपर्छ। बालबालिकालाई ‘लर्निङ बाई डुइङ’ बाट गर्ने गराइन्छ कि गराइँदैन, प्रयोगात्मक विधिबाट पठनपाठन गर्ने–नगर्ने पनि सोध्नुपर्दछ।

अन्तमा, हाम्रो ठूलो पुँजी भनेका सन्तान हुन्। उनीहरूको शिक्षादीक्षा र स्वास्थ्य सुन्दर बनाउन सक्नु नै हाम्रो उद्देश्य हो। यसर्थ प्रि–स्कुललाई बालबालिकाको पहिलो तर महत्त्वपूर्ण आधारभूमिका रूपमा लिइन्छ। प्रि–स्कुलमा भर्ना भइसकेपछि बच्चा खुसी हुन सक्छ कि सक्दैन विचार गर्नुपर्छ।

भर्ना हुनासाथ बालबािलकामा केकस्तो परिवर्तन आएको छ ख्याल गर्नुपर्छ। प्रायः अभिभावक आफ्ना बालबालिकाले एक सातामै भनेजस्तो लेख्न र पढ्न सकोस् भन्ठान्नुहुन्छ। तर त्योभन्दा पनि बालबालिका घुलमिल भयो कि भएन, शिक्षक–कर्मचारीसँग बोलचाल गर्न सक्ने भयो कि भएन बुझ्नुपर्छ। स्कुलले बोलाउने कार्यक्रममा सहभागी भइरहनुपर्छ। स्कुल प्रिन्सिपल अथवा कोअर्डिनेटरसँग सम्पर्कमा रहेर बाबूनानीको प्रगति सोध्दै गर्नुपर्छ। बेलाबेलामा स्कुल प्रशासनलाई पूर्वजानकारी नगराई स्कुलमा गएर निरीक्षण गर्ने गर्नुपर्छ।

–अर्याल मानसी किड्स प्यालेसकी संस्थापक हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.