मदिरा बजारमा झिनो सुधार

मदिरा बजारमा झिनो सुधार

काठमाडौं : उत्पादन र राजस्वमा ठूलो योगदान रहेको आन्तरिक मदिरा तथा बियर व्यवसायमा थोरै सुधार आएको छ। कानुन संशोधनपछि निरन्तर ओरालो लागेको यो व्यवसायमा पछिल्लो सयम सुधार आएको हो।

चालु आवमा मदिरा उत्पादनमा कठोर नीति लिँदा अर्थतन्त्रको मेरुदण्ड मै प्रहार हुने देखिएपछि सरकारले आर्थिक ऐन पुनः संशोधन गरेको थियो। यसको परिणाम स्वरुप मदिरा उत्पादनमा सुधार देखिन थालेको छ। वैकल्पिक उपायको जोहो नभइ मदिरा उत्पादनमा राखिएको कडा शर्तले आन्तरिक राजस्व संकलनमा भारी गिरावट आएको थियो। कुल राजस्वमा १५ प्रतिशत योगदान रहेको अन्तःशुल्कमा आएको गिरावटले सिंगो राजस्व प्रणालीनै खलबलिने स्थिति आएको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडाले व्याख्या नगरे पनि तथ्यांकले स्पष्ट पारिरहेका थिए। आर्थिक वर्षको पहिलो महिनादेखि ओरालो लागेको राजस्व गिरावट पहिलो पाँच महिनासम्म ब्रेक लागेको थिएन। निर्धारित लक्ष्यको तुलना हुने अवस्थासमेत भएन। गत वर्षको तुलनामा समेत गिरावट आयो।

सुरुवाती दुई महिना मै २१ प्रतिशतले मदिराबापतको अन्तःशुल्कमा गिरावट आयो। आर्थिक ऐनमा गरिएको मदिराको मापदण्ड फेरबदलस्वरुप चलाउन नसक्ने भन्दै थुप्रै मदिरा उद्योग बन्द भए। ६ महिनाको अवधिमा देखिएको अन्तःशुल्क संकलनमा आएको झिनो सुधारले सकारात्मक संकेत दिएको छ। यद्यपि, राजस्व वृत्तमा पुगेको क्षतिपूर्ति गर्न सरकारलाई हम्मेहम्मे पर्ने देखिन्छ।

चालु आवको ६ महिनामा राजस्वको लक्ष्य र संकलनबीच ८१ अर्बको खाडल कायमै छ। आन्तरिकतर्फको कुल अन्तः शुल्क संकलन ३२ अर्ब १७ करोड रुपैयाँ संकलन भएको छ। गत आवमा यो २८ अर्ब ८८ करोड रुपैयाँ थियो।

बियरबापतको अन्तःशुल्क संकलनमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा बियरबापतको अन्तः शुल्क १० अर्ब ४० करोड रुपैयाँ संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ४३ अर्ब बढी हो। यो अवधिमा ९ अर्ब ९७ करोड रुपैयाँ मात्रै संकलन भएको थियो।

यस्तै मदिराबापतको अन्तःशुल्क संकलन करिब पोहोरकै हाराहारी पुगेको छ। समीक्षा अवधिमा १० अर्ब ८२ करोड रुपैयाँ बराबरको अन्तःशुल्क संकलन भएको छ। गत आव यो अवधिमा ११ अर्ब ६ करोड रुपैयाँ संकलन भएको थियो।

एकातिर घट्दो आयातले अपेक्षाअनुसारको राजस्वको संकलनमा समस्या आइरहेको छ।

नेपालको ठूलो निकासीजन्य वस्तु मानिने पाम आयलमा भारत सरकारले लगाएको प्रतिबन्धले निर्याततर्फको राजस्वको ठूलो स्रोत गुमेको छ।

आयात प्रतिस्थापन गरेर उत्पादन बढाउने दाबी गरिरहेका अर्थमन्त्रीलाई मदिराको आन्तरिक बजारमा सुधार भइरहे पनि अपेक्षाअनुसार वृद्धि भएको छैन। यद्यपि, पुस महिनामा देखिएको झिनो सुधारले मदिराको बजार फस्टाउनेमा उद्योगी अझै आशावादी देखिएका छैनन्। पर्यटन उत्सव अर्थात् भिजिट २०२० अभियान चलिरहेको अवस्थामा पनि सिंगो पर्यटन उद्योग संकटमा परिरहेको बेलामा मदिरा तथा बियरको कारोबार बढ्ने अवस्था नरहेको यती ब्रुअरीका प्रबन्ध निर्देशक अरुण केसी बताउँछन्। उनी भन्छन्, ‘अहिले कारोना भइरसको संक्रमणसम्बन्धी जुन खबर बाहिर आइरहेको छ, यसले सिंगो पयर्टन क्षेत्रमा क्षति पुग्ने देखिएको छ। हाम्रो मदिरा उद्योगको बजारको ठूलो हिस्सा पर्यटनले धानिरहेको छ। यस्तोमा कसरी आशावादी बन्न सक्छौं? ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.