मालपोतका कार्यालय सहयोगीविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दयार गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय ८ करोड ९८ लाख ५८ हजार अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । कार्यालय सहयोगी बस्नेतले ३० वर्षे जागिर जीवनमा यति धेरै सम्पत्ति आर्जन गर्न सफल भएका हुन् ।
पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजूरीपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको हो । अख्तियारले बस्नेतकी श्रीमती सीता बस्नेत¸ आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेतलाई पनि प्रतिवादी बनाएको छ ।
कार्यालय सहयोगी बस्नेतविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफतको माग गरिएको छ। उनकी श्रीमती सीता ¸ आमा टुकुकुमारी र भतिजा बस्नेत समेतलाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएका छ ।