‘एउटा गाडीले नियम मिच्दा हजारौँलाई कष्ट हुन्छ’
सरको घर कता पर्यो ?
उमेर कति भयो ?
जागिर गर्न थालेको कति वर्ष भयो ?
लगभग १३ वर्ष भयो।
ट्राफिक प्रहरीबाटै जागिर सुरु गर्नुभएको हो ?
हो, यसैबाट जागिर सुरु गरेको हुँ।
ट्राफिक क्षेत्रमै आउनुको कारण चाहिँ के हो ?
देश र जनताको सेवा गर्ने उद्देश्यले यतातिर जागिर खाएँ।
कामको सिलसिलामा कुन–कुन ठाउँमा पुग्नुभएकोे छ ?
दोलखा, मोरङ, इटहरी र अहिले काठमाडौँ। काठमाडौँमा यो दोस्रो पटक हो। पहिले मोरङबाट सरुवा भएर काठमाडौँ आएको थिएँ। पछि यहाँबाट इटहरी गएँ। फेरि काठमाडौँ आइपुगेको छु।
कुन ठाउँमा ट्राफिक व्यवस्थापन गर्न चुनौती लाग्यो ?
अन्य ठाउँभन्दा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न निकै मुश्किल छ। यहाँ सवारी चाप धेरै छ।
दिनरात उभिएर काम गर्न गाह्रो हुन्छ होला नि ?
सुरु–सुरुमा त गाह्रो नै हुन्थ्यो। तर, अहिले बानी परिसक्यो। सजिलै लाग्छ।
घर कहिले जानुहुन्छ ?
तीन–चार महिनाको अन्तरमा जान्छु।
छोराछोरी कति छन् ?
एक छोरा छ।
दशैँतिहारमा छुट्टी पाइन्छ ?
कुनै वर्ष पाइन्छ, कुनै वर्ष पाइँदैन।
बिदा मिलेन भने दुःख लाग्छ ?
देश सेवा गर्छु भन्ने प्रहरीले बिदा पाइएन भनेर दुःख मान्नुभएन नि !
प्रहरीको ड्रेस लगाउँदा कस्तो अनुभव हुन्छ ?
गर्व लाग्छ।
कोटेश्वरमा ट्राफिक व्यवस्थापन गर्न कत्तिको अप्ठ्यारो छ ?
यो काठमाडौँको मुटु नै हो। भक्तपुरदेखि ललितपुरसम्मका गाडी यहाँ आउँछन्। त्यसैले व्यवस्थापन गर्न निकै मुश्किल छ।
चालक ‘ट्राफिक प्रहरीले मान्छे चढाउन र झार्न दिँदैनन्’ भन्छन् नि ?
यात्रु ओराल्ने, चढाउने ठाउँमा गाडी रोक्यो भने उनीहरूलाई डिस्टर्ब गर्ने हामी को हौँ र ? तर, जता पायो त्यतै रोक्यो भने हामीले कारबाही नगरी हुन्छ त ? उनीहरूले गर्दा ट्राफिक जाम हुन्छ, सडक अव्यवस्थित हुन्छ। त्यसको जिम्मा कसले लिन्छ ? दुर्घटनाको जोखिम त्यस्तै बढ्छ। अव्यवस्थित ट्राफिक, दुर्घटना आदि रोक्न हामीले कारबाही गर्ने हो। एउटा गाडीले नियम मिच्दा हजारौँलाई कष्ट हुन्छ।
यस एरियामा दुर्घटना कत्तिको हुने गर्छ ?
साना–ठूला दुर्घटना भइरहन्छन्।
दुर्घटना न्यूनीकरण गर्न के गर्नुपर्छजस्तो लाग्छ ?
सबैले ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना आफँै कम भएर जान्छ।
कुन उमेर समूहका मान्छे ट्राफिक नियम उल्लंघन गरेको कारबाहीमा बढी पर्ने गर्छन् ?
युवाहरू नै बढी पर्ने गरेका छन्।
कस्तो केसमा युवा बढी कारबाहीमा पर्छन् ?
नियमविपरीत चलाउनै सबै मान्छे कारबाहीमा पर्छन्। तर, धेरैजसो लाइसेन्स नभएका, बढी स्पिडमा चलाउने, बाइक मोडिफाई गर्ने तथा मापसे गरेर चलाउनेहरू कारबाहीमा पर्छन्।
‘सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा असुल्छन्’ भन्ने गुनासो आउँछ कि नाइँ ?
किन नआउनु ? यस्तो कम्प्लेन आयो भने हामी गाडीलाई कारबाही गर्छौं।
प्रस्तुतिः सुमित सुवेदी