सानोमा म धेरै सोझो थिएँ

सानोमा म धेरै सोझो थिएँ

भाइबहिनी हो, तिमीहरूले इकु नाम सुनेकै होलाऊ। मेरी बास्सैमा इकुलाई देखेका पनि छौ नि। हो म त्यही इकु हुँ। मेरो वास्तविक नाम सुलेमान शंकर हो। सबैले मलाई इकु भनेर चिन्छन्।

मेरो जन्म २०४० सालमा हेटौंडामा भएको हो। म सानोमा एकदम सोझो थिएँ। कसैलाई पिट्ने र झगडा गर्ने कुरामा सधैं पछाडि पर्थें। आमाले स्कुलका शिक्षकहरूसँग मेरो छोरा कमजोर छ, माया गरेर पढाउनु है भन्नुहुन्थ्यो। म सोझो भएको कारणले आमालाई सधंै पीर लाग्थ्यो। म कमजोर छु भनेर सरहरूले मलाई माया गर्नुहुन्थ्यो। पढ्ने समयमा पनि ख्याल गर्नुहुन्थ्यो।

साथीहरूले मलाई सधंै पिट्थे। हेप्थे पनि। स्कुलबाट घर फर्किने समयमा पछाडिबाट हिर्काउँथे। सधैं मेरो कपडा धुलो र फोहोर हुन्थ्यो। म रुँदै घर जान्थेँ। रुँदै घर जाँदा आमाले मेरा साथीहरूलाई गाली गर्नुहुन्थ्यो। तर, म भने सधैं उनीहरूको पिटाइ खाई नै रहन्थे। मलाई सानोमा पौडी खेल्न आउँदैनथ्यो। साथीहरूसँग खोलामा जाँदा मलाई खोलाको बीचमा फ्याकिदिन्थे। म डराएर पानीमा धेरै पटक डुबेको छु। साथीहरूले स्कुलमा गोरु जुधाई खेलौं भन्थे। म चाहिँ होइन नखेलौं भन्दै भाग्थें।

तर, घरमा भने मेरो स्वभाव उल्टो थियो। मेरा ६ दाजुभाइ र दुई बहिनी छन्। म दाइहरूसँग धेरै लड्थेँ। झगडा गर्थें। घरमा कुनै मानिस आएर माइलो दाइलाई माया गरे भने मलाई चित्त बुझ्दैनथ्यो। दाइलाई कसैले माया गरेको देखेँ भने जे भेट्टायो त्यसैले कुट्थेँ।

मेरो घर र स्कुलबीचको दूरी पाँच मिनेटको थियो। स्कुलमा खाजा खाने पैसा घरबाट मलाई दिँदैनथे। स्कुल नजिक भएकोले खाजा खान घर आउनु भन्नुहुन्थ्यो आमाले। साथीहरूले भने स्कुलमा खाजा खान्थे। उनीहरूले खाएको टुलुटुलु हेरेर बस्नुपथ्र्याे। घरमा खाजा खान जानै मन नलाग्ने। बरु भोकै बस्थेँ।

ठूलो भएपछि स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ। कहिलेकाहीँ पुरस्कार पनि हात पथ्र्याे। मानिसले पहिलो पटक मलाई देख्दा अचम्म मानेर हेर्थे। अरूभन्दा मलाई फरक देख्ने हुनाले हेर्थे होला भन्ने लाग्छ अहिले। त्यो समयमा अरूले हेरिरहँदा धेरै असहज लाग्थ्यो।

एसएलसी पछि काठमाडौं आएँ। प्लस टु पाटन क्याम्प्समा पढेँ। तर, प्लस टु पूरा भने गरिनँ। त्यतिबेलादेखि नै मैले कार्यक्रम गर्न थालें। सबैले मेरो कार्यक्रम मन पराउने हुनाले मलाई एकदम हौसला हुन्थ्यो। मलाई मेरा दर्शकले पनि कला क्षेत्रमा लाग्ने सल्लाह दिनुहुन्थ्यो। म नृत्य पनि सिकिरहेको थिएँ।

सानोमा कलाकारिता क्षेत्रमा काम गर्छु भन्ने मैले सोचेकै थिइनँ। दर्शकको प्रेरणाको कारण नै यता लागेको हुँ। म ठूलो भएर के बन्छु भन्ने नै थाहा थिएन। तर, स्कुल पढ्दा भने म जोकहरू भन्ने गर्थें। अहिले सोच्दा ममा सानैदेखि कलाकार बन्ने गुण रहेछ भन्ने लाग्छ।

मलाई यो क्षेत्रमा पारिवारिक समर्थन भने थिएन। बुवाले अलिअलि सहयोग गर्नुहुन्थ्यो। दाजुभाइले भने कुनै सहायता गर्नु भएन। उहाँहरूलाई म बिजिनेसम्यान वा विदेश गए हुन्थ्यो भन्ने इच्छा थियो। मेरो भने कलाकार नै बन्ने इच्छा। हाम्रो रुचि बाँझियो। म आफ्नै संघर्षले यहाँसम्म आइपुगेँ।

नेपाल टेलिभिजनमा ‘थोरै भए पुगिसरी’ टेलिशृंखलाको लागि कलाकार चाहियो भनेर एकदिन विज्ञापन आएको रहेछ। मेरो बहिनीले विज्ञापन देखिछन्। अनि मैले थाहा पाएपछि फोन गरेँ। बायोडाटा र फोटो ल्याउनु भनिएको थियो। त्यहाँबाट मेरो कलाकारिताको यात्रा सुरु भयो। मलाई इकु भनेर चिनाएको पनि टेलिशृंखला ‘मेरी बास्सै’ले नै हो।

५२ गुस्सा ५३ ठक्कर, तीतो सत्यलगायतक धेरै टेलिशृंखलामा मैले काम गरेँ। अहिले तिमीहरू जस्तै साना भाइबहिनीको लागि ‘लुकामारी’ कार्यक्रम बनाउँदैछु। छिट्टै तिमीहरूले टेलिभिजनमा देख्न पाउनेछांै।

भूकम्पमा परी आमाबुबा गुमाएका बालबालिकालाई पनि मैले मेरो आफ्नै कमाइबाट आ श्रय दिइराखेको छु। उक्त आ श्रमको नाम ‘स्नेह आ श्रम’ हो। उक्त आ श्रमको उदेश्य बालबालिकाको भविष्य निर्माणमा सहयोग गर्नु र कुनै पनि बालबालिका आमाबुवाविहीन नहुन् भन्ने हो।

भाइबहिनी हो, तिमीहरू यो क्षेत्रमा आउन चाहान्छौ भने यो क्षेत्र धेरै राम्रो छ। नयाँ नआई हामी पुराना कसरी हुन्छौं ?    तर, सिकेर, बुझेर र पारिवारिक समर्थन लिएर मात्रै आउनुपर्छ। मेरो समयमा मैले पारिवारिक सहायता लिन गाह्रो थियो। तर अहिलेका अभिभावकले यो क्षेत्रलाई पनि राम्रो नजरले हेर्नुहुन्छ भन्ने मलाई विश्वास छ। तिमीहरूलाई यो क्षेत्रमा धेरै स्वागत छ।

(कलाकार सुलेमानसँग सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित )


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.