१२ वर्षदेखि सडक अधुरै

१२ वर्षदेखि सडक अधुरै

जाजरकोट : जाजरकोटलाई जुम्लासँग जोड्ने तीनवटा सडकको निर्माण कार्य अलपत्र परेको छ। निर्माण थालिएको १२ वर्ष बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कार्य आधा पनि पूरा हुन सकेको छैन। पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेको हो।

खलंगा-पाँचकाटिया-पैंक-ब्याउलीढुंगा-जुम्ला सडक निर्माण थालेको १२ वर्ष बित्यो। ८० किलोमिटरको जाजरकोट-जुम्ला जोड्ने यो रणनीतिक महत्वको सडक ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । यो सडकमा हालसम्म २५ करोड रुयैयाँ खर्च भएको छ। यस्तै ९० किलोमिटर लामो जाजरकोट-छेडा-चाँदे-जुम्ला जोड्ने सडकको ३५ किलोमिटर मात्र निर्माण भएको छ । यो सडकमा हालसम्म ३० करोड खर्च भइसकेको छ।

यति धेरै रकम खर्च हुँदा पनि बनेको सडकमा गाडी गुड्नसक्ने अवस्था छैन। त्यस्तै एकसय ४० किलोमिटर लामो जाजरकोट-बारेकोट-चाखुरे-जुम्ला सडकको काम पनि ३० किलोमिटर मात्र ट्र्याक खुलेको छ । २० करोड रुपैयाँ खर्च भइसकेको सो सडकको निर्माण कार्य हाल ठप्प छ । जाजरकोट-जुम्ला जोड्ने तीनवटा रणनीतिक सडकको निर्माण सुस्त छ ।

उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन्। बजेट अभाव र सम्बन्धित निकायको लापरबाहीले सडक निर्माणमा ढिलो भएको हो । सडक निर्माणपछि जुम्ला र जाजजरकोटको व्यापारिक सम्बन्ध पनि बढ्नेछ। साथै हाल २३२ किलोमिटर रहेको सुर्खेत जुम्ला सडकको यात्रा पनि जाजरकोटबाट हुँदा छोटिने छ।

हालको कर्णा राजमार्गबाट भन्दा जुम्लादेखि सुर्खेत तथा नेपालगन्ज पुग्न जाजरकोटदेखिको दूरी छोटो हुनेछ। जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकारमातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुषालले बताए । संघीय सरकारले निर्माण गरिरहेका यी सडकको बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ ।

चालू आर्थिक वर्षमा रणनीतिक सडकको बजेट हालसम्म प्राप्त नभएको उनले जानकारी दिए । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो । संघीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिएको छ। कुनै सडकमा मनोमानीे सर्भे तथा रेखांकन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली-वाल, ढल निकास र ग्राभेललगायतका काम नहुँदा वर्षौंदेखि निर्माणधीन सडकमा घाँस उम्रिसकेको छ।

ट्र्याक खोल्ने कार्य नै अलपत्र हुँदा वर्षौंदेखि मोटरबाटो चढ्ने सपना बुनेका स्थानीय चिन्तित भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। जुम्ला जोड्ने तीनवटै रणनीतिक सडकको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.