महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोडफोड

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोडफोड

राजविराज : पठनपाठन नभएको भन्दै आक्रोशित विद्यार्थीले सोमबार सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा तोडफोड गरेका छन्।

आंशिक शिक्षकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै कक्षा बहिस्कार गरेका कारण पठनपाठन नभएको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन्। त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय समितिले ‘सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गरियोस्’ भन्ने एक सुत्रीय माग राखेर आन्दोलन थालेका छन्। उनीहरूले थालेपछि राजविराजस्थित संघको इकाई आवद्ध आंशिक प्राध्यापकहरुले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै सोमबारदेखि कक्षा बहिस्कार गरेका थिए।

उनीहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकलेसमेत समर्थन जनाएपछि सोमबार क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेको थिएन।

प्राध्यापकले आफ्ना लागि गरेको आन्दोलन जायज भए पनि आफुहरुको पठनपाठन बन्द हुन नहुने भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थीले विद्यार्थीको निर्वाध पढ्न पाउने हक खोसिएपछि आन्दोलनमा उत्रिनु परेको बताएका छन्।
    
समाजवादी विद्यार्थी युनियनका क्याम्पस इकाइ अध्यक्ष श्यामकुमार यादवले प्राध्यापकहरुले एक सुत्रीय माग राखेको प्रति आफुहरूको आपती नरहेको तर पठनपाठन रोकिँदा विद्यार्थीको भविष्य नै चौपट हुने अवस्था आएको बताए। यस्तै नेपाल विद्यार्थी संघका दिपक यादवले प्राध्यापकको समस्याका बारेमा सुनुवाई गरी अवस्था समान्य तुल्याउने काम नभएको भन्दै यसरी पढाइ रोकेर आफुहरू बस्न नसक्ने बताए। कक्षा सञ्चालन हुनुपर्ने मागसहित विद्यार्थीले गरेको आन्दोलन प्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ लगायतले पनि ऐक्यवद्धता जनाएका छन्।

उता, त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस इकाइ समिति राजविराजका अध्यक्ष रणधिरकुमार कर्णले १५ वर्षदेखि पढाउँदै आएका आंशिक प्राध्यापकको भविष्य अनिश्चित बनाइएको प्रति आक्रोश पोख्दै माग पूरा नभएसम्म आन्दोलनको विकल्प नभएको बताएका छन्।

इकाई समितिका सचिव डिल्लीराज खतिवडाले गत माघ ७ गते र १७ गते दुई पटक माग पूरा नगरिए आन्दोलन गर्ने पूर्व जानकारी दिँदा समेत कुनै सुनुवाई नभएका कारण यस्तो अवस्था आएको बताएका छन्। ‘राजविराज क्याम्पसमा ३५ जना आंशिक शिक्षक अनिश्चित भविष्यका साथ पठनपाठन गराउँदै आएका छन्’ उनले भने,‘हाम्रो पटक-पटकको आग्रहको सुनुवाइ अझै हुन सकेको छैन।’

क्याम्पसमा १ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको अवस्थामा प्राध्यापकको आवश्यकता रहे पनि लामो समयदेखि कार्यरत आंशिक प्राध्यापकलाई करारमा लैजाने विषयमा त्रिविले चासो नदेखाएको उनको गुनासो छ। त्रिविका उपकुलपति समेतलाई बोधार्थ दिएर आंशिक प्राध्यापकले माघ २३ गते क्याम्पसमा धर्ना दिने र अन्य आन्दोलनका कार्यक्रम पछाडि प्रकाशित गर्ने जानकारी दिएका छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.