जङ्गली हात्तीको आतङ्क, विचल्लीमा हात्तीपीडित

जङ्गली हात्तीको आतङ्क, विचल्लीमा हात्तीपीडित

राजविराज : सप्तरीको उतरी भेगका बस्तीमा हात्ती आतङक बढेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई सताउने गरेको हो।

सोमबार बिहान सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा रहेको धान, चिउरा, गहुँ, चामललगायतका अन्नहरु जंगली हात्तिले नष्ट गरेको छ। जंगली हात्तिले उनीहरुको धान ८ मन, चिउरा ५० किलो, चामल १०० किलो, गँहु ३ मन गरी २५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ।  

यस्तै शनिबार राती र आइतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नं. १२ का जगतबहादुर केसीको घर तथा पूर्व मन्त्रीसमेत रहेका हेमराज तातेडको खेतमा लगाइएको अन्नपातमा क्षति पुर्‍याएको छ। 

समूहमा आएका हात्तिले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनीका ७५ वर्षीय जगतबहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका छन्।

त्यस्तै हात्तीको समूहले शनिबार राति पूर्व मन्त्री तातेड्ले कंचनरुप नगरपालिका वडा नम्बर १२ धरमपुरस्थित खेतमा लगाएको आलुबाली, गहुबालीमा क्षती पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

विगत एक दशकदेखि जिल्लाको पूर्वी भेगका जनता हात्ती आंतकबाट निकै त्रसित छन्। राती आउने हात्तीको समूहले घर भत्काइदिने, अन्नबाली नष्ट गर्नेदेखि व्यक्तिमाथि आक्रमणसमेत गर्दै आएका छन्। 

चिसोमा रात काट्न कठिनाइ भइरहेको पीडितले दुःखेसो पोखेका छन्। विगत पाँच वर्षदेखि हात्तीले दिनहुँ दुःख दिँदासमेत कसैले नियन्त्रणमा चासो नदिएको स्थानीयवासीले गुनासो गरे। पटक-पटक सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको हात्ती प्रभावित क्षेत्रका बासिन्दा बताउँछन्। 

हात्तीबाट जोगिन मौरीपालन 

सप्तरीको उत्तरपूर्वी भेगमा हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरीपालनको योजना ल्याउन लागेको छ। कानून अभावका कारण दीर्घकालीनरूपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञको सुझावमा मौरीपालनको आयोजना अघि बढाइएको अग्निसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए।

विज्ञले विश्वकै परिप्रेक्षमा जङ्गली हात्ती नियन्त्रण गर्न कुनै पनि ठोस विकल्प नरहेको बताउँदै प्रभावित क्षेत्रमा मौरीपालन गरेर क्षति कम हुने भएकोले सोही योजना कार्यान्वयन गर्नु उपयोगी हुने सुझाव दिए।

१९ जनाले ज्यान गुमाए

 कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्ती अग्निसाईर कृष्णसवरणसहित रुपनी, तिरहुँत र महादेवा गाउँपालिका तथा सप्तकोसी, कञ्चनरूप, खडक, शम्भुनाथ र सुरुङ्गा नगरपालिकावासीको लागि अभिश्राप नै बनेको छ।

पछिल्लो तथ्याङ्कअनुसार हात्तीको आक्रमणबाट हालसम्म १९ भन्दाबढी व्यक्तिले ज्यान गुमाए। हात्ती आक्रमणले घाइते हुनु, घर भत्काइदिनु, घरभित्रका अन्नपात खाइदिनु, बालीनालीमा क्षति पर्‍याइदिनु जस्ता घटना त्यस क्षेत्रमा बसोवास गर्नेका लागि नियमित बनेको छ।

‘साँझ नपर्दै हात्तीको उतपात सुरु हुन्छ’, अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ की कृष्णामाया राईले भनिन्,‘ज्यान जोगाउन गाउँभरि हो–हल्ला गर्दै रातभरि जाग्राम बस्नु पर्ने बध्यता छ।’ भयमुक्त वातावरणमा बस्न पाउने प्रत्येक नेपाली जनताको मौलिक हक हो, तर आफुहरुलाई कसले मौलिक हकको बोध गराउने भन्दै उनले समाधानतर्फ पहल गरिदिन सवैमा आग्रह गरिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.