सैनिक मञ्चको स्तरोन्नति, ‘बुलेटप्रुफ’ कोठा बन्ने

सैनिक मञ्चको स्तरोन्नति, ‘बुलेटप्रुफ’ कोठा बन्ने

काठमाडौं : नेपाली सेनाले सैनिक मञ्चको स्तरोन्नति गर्दै बुलेटप्रुफ क्याबिन (कोठा) समेत बनाउने भएको छ। राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्व र विदेशी कुटनीतिज्ञलगायत अति विशिष्ट व्यक्तिको सुरक्षा दृष्टिगत गरी उसले छुट्टै ‘बुलेटप्रुफ क्याबिन’ समेत बनाउने भएको हो। राष्ट्रप्रमुखसहित महत्त्वपूर्ण व्यक्ति सैनिक मञ्चमा हुने समारोहमा उपस्थित हुने गरेका छन्।

पुरानो शैलीको मञ्च स्तरोन्नति गर्न सेनाले कार्ययोजना तयार पारेको छ। नयाँ बन्ने सैनिक मञ्चको संरचना नेपाली वास्तुकलामा आधारित परम्परागत शैलीको हुनेछ। टुँडिखेल र सैनिक मञ्चको समयानुकूल स्तरोन्नती गर्ने खाका सेनाले बनाइसकेको छ। स्तरोन्नतिसम्बन्धमा नेपाली सेनाले पुननिर्माण प्राधिकरण र काठमाडौ महानगरपालिकासँग समेत समन्वय गरिरहेको छ। नयाँ संरचना भूकम्प प्रतिरोधी हुनेछ। फरक क्षमता भएका र ज्येष्ठ नागरिकमैत्री हुने गरी मञ्चको पुनर्निर्माण प्रक्रिया सेनाले अघि बढाएको हो।

टुँडिखेल क्षेत्रलाई आर्कषक बनाउन त्यस वरिपरि ‘जगिङ पार्क’ समेत निर्माण गर्ने सेनाले जनाएको छ। नयाँ सैनिक मञ्चमा चौबिसै घण्टा विद्युत् ब्याकअप हुनेछ। मञ्चमुनि पार्किङ हुनेछ। मञ्च स्तरोन्नति क्रममा सेनाले महांकाल मन्दिरछेउबाट पुरानो बस पार्क जोड्ने लिंक रोडलाई दुई लेनको ‘सब वे’ बनाउनेछ। सब वेमाथि हरियालीसहित पदमार्गसमेत बन्नेछ।

काठमाडौंको तीव्र सहरीकरणले टुँडिखेल र सैनिक मञ्चको सौन्दर्य हराउँदै गएको छ। नयाँ संरचनामा प्याराफिटको क्षमता बढनेछ। प्याराफिटमा अहिले १ हजार ३ सय ६५ दर्शक अटाउँछन्। यसको क्षमता बढाएर ३ हजार ८० जना बस्न सक्ने बनाउने सेनाको तयारी छ। ०१८ सालमा सैनिक मञ्चको प्याराफिट निर्माण भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.