तीन घुस मुद्दा दर्ता
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तीन वटा घुस मुद्दा दयार गरेको छ।
सेवाग्राहीसँग नेपाल विद्युत प्राधिकरणको कार्यालय कुलेश्वरका कृष्णमुरारी चौधरी र बिजुलीको पोल तथा लाइनको काम गर्ने पुरुषोत्तम दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग २५ हजार घुस लिएका थिए। नापी कार्यालय, वीरगञ्ज, पर्साका सर्वेक्षक रामनरेश पासवानविरुद्ध पनि बिहीबार नै मुद्दा दायर गरिएको छ।
जग्गा हालसाबिक गरी पुनःनापीको जग्गाधनी प्रमाणपूर्जा बनाइदिने भनी बिभिन्न बहाना गरी उनले सेवाग्राहीसँग ७५ हजार घुस लिएका थिए। सैनामैना सव डिभिजन वन कार्यालय रुपन्देही सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको छ।
उनले र बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ५ हजार लिएका थिए। भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।