पर्यावरणप्रेमी बलिउड स्टार

पर्यावरणप्रेमी बलिउड स्टार

जलवायु परिवर्तनका कारण पर्यावरणसम्बन्धी विभिन्न समस्या विश्वभरि देखापरेका छन् । त्यसको प्रभावबाट भारत पनि बच्न सकेको छैन । त्यसबारे बेला–बेलामा बलिउड सेलिब्रिटीले बोल्ने गरेका छन् । कतिपय स्टार पर्यावरण जोगाउने अभियानमा लागिपरेका छन् ।

दिया मिर्जा

अभिनेत्री दिया मिर्जा ‘यूएन इन्भाइरन्मेन्ट गुडविल एम्बेसडर अफ इन्डिया’ हुन् । पर्यावरण सुरक्षित राख्न उनी लागिपरेकी छिन् । उनले आवास संरक्षण, वन्यजन्तु संरक्षणलगायत काम गरेकी छिन् । ‘प्रकृतिलाई सुरक्षित राख्न आवश्यक छ,’ भारतीय मिडियासँग एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘किनकि, बस्नका लागि हामीसँग यो मात्र एउटा ग्रह छ । यसको हेरचाह राम्ररी गरेनौँ भने पछि हुन सक्ने नराम्रो परिणामका लागि पनि हामी तयार हुनुपर्छ ।’

रविना टन्डन

पर्यावरणसँग जोडिएका काम बलिउडकी ‘मस्त मस्त गर्ल’ रविना टन्डन सक्रिय भएर गर्छिन् । पछिल्लो समय भारतीय मिडियासँग कुराकानी गर्दा उनले भनेकी थिइन्, ‘गाडीबाट निस्कने धुवाँ, फ्याक्ट्रीको फोहोर, फोहोर नदी, प्लास्टिक आदि मान्छेले उब्जाएकमा समस्या हुन् । बिस्तारै हामीले यस धरतीलाई बर्बाद पारिरहेका छौँ । हरेक मानिसले आफ्नो स्तरबाट पर्यावरण बचाउने प्रयास गर्नुपर्छ ।’

आलिया भट्ट

अभिनेत्री आलिया भट्टले गत वर्ष फोहोरसँग लड्ने प्रण गरेकी थिइन् । सचेत पर्यावरणप्रेमीका रूपमा उनले आफ्नो जीवनबाट प्लास्टिक हटाउने अठोटसमेत गरेकी थिइन् । सामाजिक सञ्जालमा उनले आफ्ना प्रशंसकलाई ‘इको–फ्रेन्डली’ विकल्प छान्ने सल्लाह दिएकी थिइन् । ‘स्टिल वा सिसाका बोतल प्रयोग गर्नुहोस्,’ उनले सोसल मिडिायमा पोस्ट गर्दै लेखेकी थिइन्, ‘आजैदेखि आफ्नो जीवनबाट प्लास्टिक हटाउने प्रयास गर्नुहोस् । प्लास्टिकका बोतललाई अपघटित हुन ४ सय ५० वर्षभन्दा बढी समय लाग्छ । तबसम्म यसले हाम्रो पर्यावरणमा हानि पुर्‍याइसकेको हुन्छ । म आफ्नो जीवनमा प्लास्टिक कमभन्दा कम प्रयोग गर्ने प्रयास गरिरहेकी छु ।’ 

अभिषेक बच्चन

अभिनेता अभिषेक बच्चनलाई सन् २०१२ मा ‘ग्रिन ग्लोब अवार्ड’ बाट सम्मानित गरिएको थियो । यो सम्मान उनलाई मौसममा हुने अनियमित परिवर्तनविरुद्ध काम गर्नका लागि दिइएको थियो । 

अमिताभ बच्चन

अभिनेता अमिताभ बच्चनले भारत सरकारद्वारा चलाइएका पर्यावरणसम्बन्धी थुप्रै योजनामा काम गरेका छन् । हरेक वर्ष ‘पृथ्वी दिवस’ मनाउने गरेका छन् । त्यस दिन उनी एक घण्टाका लागि आफ्नो घरको बिजुली बन्द गर्छन् । ग्रामीण क्षेत्रमा फोहोरबाट मल बनाउने कामलाई पनि उनले प्रोत्साहन गरेका छन् । हानिकारक कृत्रिम मलको साटो प्राकृतिक मल प्रयोग गर्न उनी सक्रिय भएर लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.