मुसहर परिवारको बिचल्ली

मुसहर परिवारको बिचल्ली

राजविराज : सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनाका १२ दलित मुसहर परिवारको घर भत्काइएको एक साता वितिसक्दा पनि पुर्नरवास गराउनेतर्फ कसैको ध्यान पुग्न नसक्दा उनीहरुको दैनिकी कष्टकर बनेको छ।

सप्तरी जिल्ला अदालतले गत मंगलबार दिएको आदेशअनुसार शनिबार दिउँसो सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनाका १२ दलित मुसहर परिवार बसोवास रहेको बस्तीमा डोजर लगाएर भत्काइएको छ।

स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै अदालतमा  रिट जाहेर गरेका थिए। तर अदालतले गरेको फैसला उनीहरु अनुकूल नभएपछि मुसहर बस्ती  खुला आकाशमा बस्न बाध्य भएका हुन्। 

तीन पुस्तादेखि बसोवास गर्दै आएको बस्ती पूर्वजानकारीविना नै भत्काइ दिएपछि खाद्यान्न र अन्नपात समेत निकाल्न नसकेको बताएका छन्।  घरविहीन भएपछि बस्ती नजिकै रहेको पोखरी किनारमा त्रिपालमुनि ओत लागेका १ सयबढी दलित मुसहर समूदाय चिसोले कठ्यांग्रिएर रात कटाइरहेका छन्।  छाक टार्न समस्या त छँदै थियो खानेपानीको पनि अभाव भएको विनितादेव सदाले बताइन् । ' घर भत्काउँदा  खाद्यान्न र अन्नपात समेत निकाल्न पाइन,अहिले छाकटार्न कठिन भयो,' उनले भनिन्, 'त्रिपालमुनि ओत लागेपनि राती चिसोले सुत्न समेत पाएका छैनौं ।'

बस्ती भत्काइएको विषयमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षण गराउँदा समेत आफूहरुको पुर्नरवास गराउनेतर्फ कसैको ध्यान नपुगेको कारी सदाले गुनासो गरे । 'भाडाकुँडासहित लिएर सदरमुकाम राजविराज पुगेर सिडिओ साबलाई ज्ञापनपत्र बुझाए, तर अझैसम्म केही निकासा पाएको छैन्,' उनले भने, 'स्थानीय सरकारको पनि रबैया त्यस्तै छ, अब कसले विपन्नको समस्या बुझ्छ।'

उता, गाउँपालिका अध्यक्ष परमानन्द यादवले दलित समूदायलाई पुर्नरवासको व्यवस्था मिलाउन प्रयास भइरहेको बताए । पुर्नरवास गराउनका लागि चाहिने आवश्यक जग्गाको खोजी  भइरहेको छ,' उनले भने,'केहि दिनभित्रै उहाँहरुको व्यवस्थापन भइसक्छ ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.