निर्माणस्थलमा ढिस्को खस्दा कुबेतमा चार नेपालीको मृत्यु, तीन घाइते

निर्माणस्थलमा ढिस्को खस्दा कुबेतमा चार नेपालीको मृत्यु, तीन घाइते

कुबेतः कुबेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । घटनामा चार नेपाली कामदारको मृत्यु भएको कुबेतस्थित नेपाली नियोगका वरिष्ठ अधिकृत जानकी ओझाले पुष्टि गरेकी छिन्।

उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।‘मुत्ला’ क्षेत्रमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान भने खुलेको  छैन।

 घाइतेको उद्धार प्रक्रिया जारी रहेको अरब टाइम्समा उल्लेख गरेको छ । ढिस्कोमा पुरिएका सबै चिनियाँ कम्पनीका कामदार रहेको बताइएको छ । ढिस्कोमा पुरिएकाको तुरुन्तै उद्धार गरेपनि चारजनाको भने घटनास्थलमै मृत्यु भएको हो। गाडिएका ७ जनामध्ये चारजनाको घटनास्थल मृत्यु भएको हो । बाँकी रहेका घाइतेलाई स्थानीय समय अनुसार बुधबार बेलुका ५ बजे अस्पताल पुर्याइएको थियो । 

अरब टाइम्सका अनुसार निर्माणस्थलको ब्लक ५ ढल निर्माण गर्ने क्रममा ढिस्को खसेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.