दिलीप हत्याकाण्ड : पुर्पक्षका लागि ३ जना जेल चलान

दिलीप हत्याकाण्ड :  पुर्पक्षका लागि ३ जना जेल चलान

जनकपुर : अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका दिलीप भनिने ओमप्रकाश महतोको हत्याकाण्डमा संलग्न ६ जना आरोपीमध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । ३ जना भने २५÷२५ हजार धरौटीमा रिहा भएका छन् ।

मिथिला नगरपालिकामा टिपरले किचेर हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका थिए । धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्न टिपर चालक मुनिन्द्र महतो, लोडर रञ्जित भनिने जितेन्द्रकुमार महतो र क्रसर सञ्चालक विपिनकुमार महतोलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको हो ।

अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी पुर्पक्ष गर्न आदेश गरेको छ । आदेशमा दिलीप भनिने ओमप्रकाश महतोको हत्याको क्रममा वारदातमा प्रयोग भएको टिपर, बरामद सामानले समेत हत्यामा संलग्न पुष्टि भएको जनाउँदै पुर्पक्षका लागि कारागार चलान गर्न भनिएको छ ।

अन्य अभियुक्त दिलीपका साथी रोशनकुमार यादव, सह–अभियुक्त मजदुर जितेन्द्र भनिने सत्यनारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई २५÷२५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशउपर चित नबुझेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी वकिलमार्फत उच्च अदालत जाने जनाएको छ ।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जिल्ला अदालतको आदेशले हत्याजस्तो जघन्य अपराधमा कसैलाई पनि उन्मुक्ति नदिन उच्च अदालत जाने तयारी गरेका छौं । उनले भने, ‘अनुसन्धानको दायरालाई थप फराकिलो बनाउँदै छौं, सरकारी वकिलसँग छलफल गरेर उच्च अदालत जाने तयारी गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.