पर्यटक भित्र्याउन महायज्ञ

पर्यटक भित्र्याउन महायज्ञ

गौर : रौतहटको मौलापुरस्थित पतौरमा हुन लागेको मधानी महायज्ञ तथा साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ। बारा, रौतहटमा मनाइने मधानी साँस्कृतिक पर्व लोप हुँदै जान लागेकाले यसको प्रचार र प्रवद्र्धन गर्न महायज्ञको आयोजना गर्न लागिएको हो।

राष्टपति विद्यादेवी भण्डारी सो महायज्ञको विशेष पूजामा सहभागी हुने आयोजकले जनाएका छन्।

कर्नाटककालीन शिवको मन्दिर फेला परेपछि सो स्थानमा महायज्ञ तथा महोत्सव आयोजना गरिएको हो। मन्दिरको सौदर्यकरण, पुरातात्विक महादेव मन्दिर जाने बाटोको स्तरोन्नति, खानेपानी, दर्शनार्थीका लागि बासको व्यवस्था, मन्दिर परिसरमा विद्युतीकरण, सीसीटीभी जडान, सभास्थल, मेलास्थल र पूजाका लागि मण्डप निर्माण भएको मौलापुर नगरपालिकाका मेयर रिनादेवी साहले जानकारी दिइन्।

ऐतिहासिक, साँस्कृतिक, धार्मिक पर्यटक मधेशमा भित्र्याउने उद्देश्यले पनि यो महोत्सव प्रभावकारी हुने आयोजकको भनाइ छ।

करिब एक हजार वर्षअघि निर्माण भएको सो मन्दिरको प्रचार गर्ने उद्देश्यले महायज्ञ तथा महोत्सव आयोजना गरिएको सांसद तथा पूर्वमन्त्री प्रभु साहको भनाइ छ।

मन्दिरको इँटा, मूर्ति, अन्य निर्माण सामग्री अध्ययन गर्दा कर्नाटककालीन दरबार तथा मन्दिर रहेको पाइएको पुरातत्वविज्ञ गोपाल झाले बताए।

मन्दिर फेला परेपछि त्यहाँ रहेका घर अन्यत्र सारिएको छ। सो मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने योजना रहेको मौलापुर नगरपालिकाका प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए।

महायज्ञ तथा महोत्सवमा नेपालको विभिन्न जिल्ला तथा भारतको बिहार तथा उत्तर प्रदेश राज्यबाट हजारौं मानिस भित्रिने बताइएको छ। महोत्सवमा नेपाल तथा भारतका चर्चित कलाकार सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.