टिपर र टेम्पो ठोक्‍किँदा एकको मृत्यु,९ घाइते

टिपर र टेम्पो ठोक्‍किँदा एकको मृत्यु,९ घाइते

राजविराज : सप्तरीको बोदे बरसाइन नगरपालिकामा मंगलबार बिहान दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने दर्जना व्यक्ति घाइते भएका छन्। बोदे बरसाइन-विसनपुर सडकखण्डअन्तर्गत वडा नम्बर २ बैरियाँस्थित दक्षिततर्फ गइरहेको ना १ च ५५२७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको स १ प ३७९५ नम्बरको टेम्पोलाई ठक्‍कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पोमा सवार विहार राज्यको अररिया जिल्लाको मटीयारीका २६ वर्षीय मो.सदाम हुसेनको मृत्यु भएको डीएसपी तिलक भारतीले जानकारी दिए । विहार राज्यको अररिया जिल्लाको मटीयारीका मो. बाजुदिन, आहमदावादका ३२ वर्षीय मो. फुलतान घाइते भएका छन्। यसैगरी, सप्तरीको महादेवा गाउँपालिका १ का ४० वर्षीय मो. सलिमउद्दिन, १२ वर्षीय मो.अख्तर, १० वर्षीय मो.दविल, ६ वर्षीय मो. आशिक, ३५ वर्षीया मुनिया खातुन र सोही ठाउँका ९ वर्षीय मो. अनबर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैको अवस्था समान्य रहेपनि नाम खुल्न नसकेकी करिब ४५ वर्षीया मुस्लिम समुदायकी एक महिलाको टाउको मा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसैगरी, मो.अख्तरको पनि अवस्था गम्भीर छ भने अन्य समान्य घाइतेलाई उपचारका स्थानीय अस्पतालमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.