दुई डोजरमा आगजनी

दुई डोजरमा आगजनी

डोटी : डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समूहले आगजनी गरेको छ। सायल गाउँपालिका १ छपालीमा बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाडौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिएका छन् ।

बाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्यराती आगजनी गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । गाउँपालिका तथा प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

एकै समयमा दुईवटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको संलग्नता हुनसक्ने अनुमान गरिएको भएपनि कसले आगजनी गर्यो भन्ने अझै नहुलेको प्रहरीले जनाएको छ । प्रतिबन्धित नेकपाका डोटी इञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.