बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी रुष्ट

बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी रुष्ट

काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अश्लील अभिव्यक्तिप्रति कर्मचारीले आपत्ति प्रकट गरेका छन्। उनीहरूले जिम्मेवार व्यक्तिबाट यस्ता लज्जास्पद र घृणात्मक अभिव्यक्ति आउनु दुःखद् भएको बताए। बाँस्कोटाले कर्मचारीमाझ उभिएर माफी माग्नुपर्ने माग उनीहरूको छ।

कर्मचारीको आधिकारी ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले तल्लो स्तरको अश्लील शब्द प्रयोग गरेको भन्दै कडा विरोध जनाए। बाँस्कोटाबाट ‘लज्जास्पद’ र ‘घृणात्मक’ शब्द प्रयोग भयो भन्ने विश्वास गर्न नसकेको बताउँदै उनले यस्ता नकारात्मक अभिव्यक्ति कर्मचारीको मनोबल गर्ने र उद्वेलित पार्ने बताए।

उनले कर्मचारीलाई यस्ता किसिमका अभिव्यक्ति र क्रियाकलापबाट अविचलित नरही सेवा प्रवाहमा लाग्न पनि अपिल गरेका छन्।उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको सुशासन अभियान यस्ता क्रियाकलापले असफल बनाउने उनको ठहर छ। बाँस्कोटासँग लेनदेनमा संलग्न अर्का व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने उनको माग छ।

त्यस्तै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले बाँस्कोटाको विवादास्पद अडियोमा प्रयोग भएको अश्लील शब्दप्रति गम्भीर आपत्ति जनाएको छ। अडियोमा बाँस्कोटाले प्रयोग गरेको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको छ।

‘मन्त्रीले भ्रष्टाचर गर्न सेटिङ गरेको तथ्य प्रमाण अडियोसहित बाहिरिनु र राष्ट्र सेवकलाई माथि प्रयोग भएको शब्दले आम राष्ट्रसेवकलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीका विश्वासपात्र एवं सरकारका प्रवक्ता जस्तो जिम्मेवार व्यक्तिबाट यस्तो अश्लिल शब्द प्रयोग हुनु राष्ट्रसेवकको मानमर्दन गर्नु खेद योग्य र कारवाही जन्य अपराध हो संघको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.