शेयर बजारमा नयाँ इतिहास : आठ अर्ब ६९ करोडको कारोबार
काठमाडौं : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्डिङ’ पछ्यायो। बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ। लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ। यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोबार भए। बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोबारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो।
साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढ्यो। सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो। त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो। कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोबार भए।
सोमबार नेप्से परिसूचक आज ३४ अङ्कले बढ्यो। लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो। झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोबार भयो। कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद-बिक्री भए।
मङ्गलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो। लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो। नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने रु दुई अर्ब माथि पुगेको छ। कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोबार भयो।
बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो। त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद-बिक्री भए। बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो। लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम गर्यो। त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो। कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद-बिक्री भए।