डोल्पामा विपत व्यवस्थापनको आकस्मिक बैठक, औषधि र विशेषज्ञ ल्याउने तयारी

डोल्पामा विपत व्यवस्थापनको आकस्मिक बैठक, औषधि र विशेषज्ञ ल्याउने तयारी

डोल्पा : जिल्ला विपत व्यवस्थापनको आकस्मिक बैठक बसेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ को करेली काँडागाँउमा अज्ञात रोगका कारण गाउँ नै थला परेपछि विपत व्यवस्थापनको आकस्मिक बैठक बसेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

अज्ञात रोगका कारण करेलिकाँडा गाउँमा ३५ जना बिरामी रहेको र मौसमी रुघाखोकीसँग मिल्ने लक्षण भएकाले आत्तिन नहुन जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले आग्रह गरेकी छन् । 

हाल उक्त गाउँमा सोमबारदेखि स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन्।बिरामीको खकार र सिगानको नमुना संकलन गर्न कर्णाली प्रदेश सुर्खेतबाट टोली आउने डाक्टर हमालले जानकारी दिइन् । 

नमुना संकलन गरी हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको प्रजिअ सुनारले बताए । सबै प्रक्रिया गर्दै समय ढिला भएकोले मौसम प्रतिकुलका कारण मंगलबा हेलिकोप्टर उडन नसकेकाले भोली समयमा हेलीकोप्टरमार्फत विशेषज्ञको टोली केरेलीकाँडमा पुगेर एक टोली गाउँमै बस्ने उनले बताए । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा हेलिकोप्टरमार्फत बिरामीको नमूना संकलन गरेर काडमाडौं लैजान लागिएको प्रजिअ सुरेश सुनारले जानकारी दिए । 

विपत व्यवस्थापनको बैठकले सबै क्षेत्रबाट सबैले सचेत हुन आग्रह गर्दै स्वास्थ्यमा आउने कुनैपनि विपतमा सहजता मिलोस भन्ने हिसाबले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पूर्व तयारी योजना समिति गठन गरेको छ । 

रोगले थलिएको गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालयले रोगको पहिचान र बिरामी निको नहुन्जेलसम्म विद्यालय समेत बन्द गर्ने सूचना प्रकाशित गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.