मालपोत अधिकृतसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत अधिकृतसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं  : भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईसमेत ८ जना आर्थिक अनियमितताको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको किर्ते औठाछाप लगाइ अर्को व्यक्तिको नाममा जग्गा पास गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको हो। 

मुत्यु भइसकेकी रनमाया लिम्बुको नाममा रहेको जग्गा गैरकानुनी रुपमा रत्नदेवी लिम्बुको नाममा हालैको बकसपत्रमार्फत हक हस्तानान्तरण भएको देखिंएको छ।

नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्णप्रसाद नेपाल र खरिदार (मोठफाँट) रामप्रसाद भट्टराईलाई प्रतिवादी बनााइएको छ।  

साविक इटहरी नगरपालिका, हाल इटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमाल, लेखापढी व्यवसायी पुस्करप्रसाद पोखरेल, आरोपित रत्नदेवी लिम्बु,पारित गलत लिखतका साक्षी गोविन्द कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

अनुसन्धान हुँदा गलत लिखत तयार गरी उक्त भष्टाचारजन्य कसुरमा संलग्न उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन  बमोजिम सजाय हुन मागदाबी लिइएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.