लोप हुँदै जोगिरा र होलैया

लोप हुँदै जोगिरा र होलैया

जनकपुरधाम

‘जोगिरा सर र र र...,
कौन ताल पर ढोलक बाजे,

कौन ताल मृदंग..,
कौन ताल पर गौरिया नाचे,
कौन ताल पर हम ...
जोगिरा सर ...र र र

‘होलीको पौराणिकता अब हराइसक्यो। पहिलेजस्तो होलीमा कथा, व्यथा तथा व्यंग्यात्मक गीत सुन्न विरलै पाइन्छ। मृदंग, ढोलसँगै डम्फुको स्वर पनि हराउन थालिसक्यो’, जनकपुरधामका राजकुमार महतोले भने, ‘होलीको तर्क, दर्शनलाई गम्भीरतापूर्वक नलिइएकाले अबको सहरमुखी होलीले मौलिकता हराउँदै गएको छ।’

वसन्त ऋतुको आवागमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेमभाव भएको होली गीत गाउने मानिसको अभावका कारण पनि यो लोप हुँदै गएको छ। जनकपुरधाम उप-महानगरपालिका-७ का रामसहाय सदायलाई मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाएको दुःखेसो छ। उनका अनुसार पहिले गाउँ घुमेर फागु आगमन भएको गीत गाएर जानकारी दिने परम्परा थियो, अब त हरायो।

महोत्तरी, गौशाला नगरपालिका-१, रामनगरका गुदर महतोका अनुसार होली गीतमा पहिले कामोत्सव मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति हुन्थ्यो। अबको उच्छृंखल गीतले पुरानो गीत हरायो।

पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होली गीत जोगिरा गाउने गरेको महोत्तरीकै राजकुमार महतो बताउँछन्। उनले भने, ‘अहिलेको होली प्रेम र सद्भावको नभएर वैमनस्यमा पुगेको छ। प्रेम र सद्भावको ठाउँमा राग, द्वेष देखा परेकाले होलीको माधुर्य हराउँदै गयो।’

सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने होली गीतमा विशुद्ध रूपमा होलीको महत्‍व, त्यस भेगको माटोको सुगन्ध रहेकाले यस्ता गीत जोगाउनु अत्यावश्यक रहेको संस्कृतिविद् डा. रामभरोस कापडी भ्रमरको भनाइ छ। पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। उनले भने, ‘जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गयो, विस्तारै मिथिलाको मौलिक परम्पराका फागु गीत पनि लोप हुँदै गयो।’

जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका मैथिली विभाग प्रमुख डा. श्यामा महतोको बुझाइमा पनि गाउँको दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा जोगिरा गाउँदै गायकहरूले देवीदेवताको वन्दना गर्ने, हाँसो-ठट्टा, गर्ने जोगिरा विस्तारै हराउँदै गएको छ। उनले भने, ‘होलीलाई आदर्श बनाउने हो भने यसलाई पुनः फर्काउन सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.