अज्ञात रोगले गाउँ नै थलियो

अज्ञात रोगले गाउँ नै थलियो

डोल्पा : डोल्पामा पहिचान हुन नसकेको रोग पत्ता लगाउन बिरामीको नमूना संकलन गरिएको छ। एक सातादेखि फैलिएको संक्रमणका कारण डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत करेलीकाँडा गाउँ थला परेको छ। बुधबार सेनाको हेलिकप्टरबाट बिरामीको नमूना काठमाडौं लगिएको हो। संक्रमण फैलिएको गाउँबाट संकलन गरिएको बिरामीको नमूना परीक्षणका लागि काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। गाउँमा हाल ८० जना बिरामी छन्। जसमध्ये चार बिरामीको खकार, सिँगान र रगत लगायतको नमूना काठमाडौं पठाइएको प्रजिअ सुनारले बताए। साथै अज्ञात रोगले ग्रसित केरेलीकाँडाको गाउँमा औषधि र विशेषज्ञ डाक्टरको टोली पनि पुगेको छ।

अज्ञात रोगले गाउँ नै थला परेको थाहा पाएको तीन दिनपछि बुधबार विशेषज्ञको टोली र औषधि लिएर हेलिकप्टर करेलीकाँडामा पुगेको हो। नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा हेलिकप्टरमार्फत गाउँ पुगेका दुईजना डाक्टरसहितको टोलीले बिरामी र स्थानीयको पनि स्वास्थ्य चेकजाँच गर्ने जिल्ला अस्पतालकी डाक्टर मेलिना हमालले बताइन्।

जिल्लाबाट डाक्टर मेलिना हमालको नेतृत्वमा चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ। नमूना परीक्षणको रिपोर्ट ४८ घण्टामा आउने र त्यसपछि मात्रै कुन रोग भन्नेबारे पत्ता लाग्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.