ट्रम्पको भोजनमा सागपात मिसाइदिने को ?

ट्रम्पको भोजनमा सागपात मिसाइदिने को ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी चिकित्सक डा. रोनी ज्याक्सनले अघिल्लो हप्ता एउटा रमाइलो खुलासा गरे । उनले ट्रम्पको तौल घटाउन उनका खानामा लुकाएर सागपात मिसाइदिने गरेका थिए । राष्ट्रपति निवास ह्वाइट हाउसमा डा. ज्याक्सनले व्यायामशाला पनि स्थापना गरेका थिए । 

ज्याक्सनले राष्ट्रपतिको ट्रम्पको भोजनमा सागपात मिसाइदिने गरेका थिए । आलु लगायतका परिकारमा ट्रम्पले थाहा नपाउने गरी काउली मिसाइदिने गरेको उनले ‘द न्युयोर्क टाइम्स’लाई बताए । 
रिपब्लिकन पार्टीका तर्फबाट चुनाव लड्ने तयारीमा रहेका ज्याक्सनले ट्रम्पको भोजनमा सागपात मिसाइदिएर उनको वजन १५ किलो घटाइदिएको बताए । ‘शारीरिक अभ्यासमार्फत राष्ट्रपतिको तौल घटाउने मेरो योजनाले खासै काम गरेन,’ उनले भने, ‘त्यसपछि हामीले उनको भोजनमा ध्यान दिन थाल्यौँ । उनलाई आइसक्रिम कम दिन थाल्यौँ भने आलुको परिकारमा काउली मिलाइदिन थाल्यौँ ।’ 
ट्रम्पको खानपान स्वभाव स्वास्थ्यकर छैन । उनी ह्यामबर्गरजस्ता जंक फुड धेरै खान्छन् । तर, ७३ वर्षको उमेरमा पनि उनी तन्दुरुस्त नै छन् । डा. ज्याक्सनका अनुसार कसैकसैको जिन नै बलियो हुन्छ । ‘यसलाई जिनेटिक्स भनिन्छ,’ उनले भने, ‘केही मानिसको जिन बलियो हुन्छ । ट्रम्प आफ्नो उमेरका सामान्य अमेरिकी नागरिकभन्दा ज्यादा स्वस्थ छन् ।’ उनले ट्रम्प धेरै बाँच्ने पनि दाबी गरे । ठट्यौली शैलीमा भने, ‘अबको २० वर्ष ट्रम्पले स्वास्थ्यकर भोजन गर्ने हो भने उनी दुई सय वर्ष बाँच्न सक्छन् ।’ हाल ट्रम्प कोलेस्टेरोल घटाउने औषधि खाइरहेका छन् । तालु खुइलिने समस्याका कारण उनी दिनहुँ एन्टी–बाल्डनेस पिल पनि सेवन गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.