सकियो मध्यमिथिला परिक्रमा

सकियो मध्यमिथिला परिक्रमा

जनकपुरधाम  : मिथिलाञ्चलको ‘महाकुम्भ’ मध्यमा मिथिला परिक्रमा सम्पन्न भएको छ। आइतबार मध्यरात्रिकालिन समयमा जनकपुरधाम आइपुगेको परिक्रमा सोमबार जनकपुरको अन्तरगृह परिक्रमासँगै सम्पन्न भएको हो। मध्यमा परिक्रमाको अन्तिम दिन विभिन्न गाउँ, शहर र सीमावर्ती भारतबाट आएका साधुसन्त तथा भक्तजनसहित जनकपुरबासीले चारकोसे जनकपुरको परिक्रमा गरेपछि सम्पन्न हुने मान्यता छ। 

जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेको संस्कृतिविद् डा. रामभरोष कापडी भ्रमर बताउँछन्’। उनले भने, ‘अन्तरगृह परिक्रमा अनुसार मंगलबार होली हुनुपर्ने हो, तर मंगलबार काटमार नहुने भएकाले यहाँ बुधबार होली मनाइन्छ।’ तराईमा मंगलबार होली मनाइने भएपनि मिथिलाको प्रभाव क्षेत्रमा भने बुधबार मात्रै मनाइने भएको छ।

अन्तगृह परिक्रमा जनकपुरको कदमचोकबाट सुरु गर्ने मान्यता रहेपनि श्रद्धालुलाई पायक पर्ने स्थानबाट परिक्रमा सुरु गरी सोही स्थानमा पुगेर समाप्त गर्नुपर्ने मान्यता गरिने गरेको जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णले बताए। परिक्रमा अन्तर्गत बृहत, मध्य र अन्तरगृह गरी ३ प्रकारका परिक्रमा गरिन्छ। तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले बढी हुने गरेको अग्निकुण्डका महन्त नवलशरण दास बताउछन्। डोलाको पछि-पछि परम्परागत बाजा, झाँकी, कीर्तनसहितका मौलिक पहिरनमा लाखौं नर-नारीहरुको सहभागिता जनाउने गर्छन्। लावालस्करसहित मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। जसलाई माध्यमिकी परिक्रम वा मध्यमा परिक्रमा भनिन्छ।

नेपाल-भारतको धार्मिक एवम् सांस्कृतिक, सामाजिक सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरी जिल्ला १३ पडाव स्थल १०७ तथा भारतमा २ विश्रामस्थल २६ किलोमिटर गरी १३३ किलोमिटर यात्रा गर्ने गरिन्छ। मिथिला महात्म्य अनुसार १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको महन्तहरु बताउछन्।

१५ दिने परिक्रमा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै सुरु भएर फूलहर, मठिहानी, जलेश्वर, मडई, वकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.