अन्ततः हारिन् विष्णुमाया

अन्ततः हारिन् विष्णुमाया

चितवन : क्यान्सर लागेको थाहा पाउँदा चौथो स्टेजमा पुगिसकेको थियो। यस्तो अवस्थाको क्यान्सरलाई चिकित्सकहरू अन्तिम अवस्था मान्छन्।त्यसबेला डाक्टरले विष्णुमाया खरेलको आयु तीन महिना तोकेका थिए।

जब डाक्टरले त्यहाँ उनको आयु तीन महिना तोकिदिए, परिवार पूरै हतास र निराश हुन पुग्यो। त्यो घोषणाको सामना आफैंमा भयंकर पीडादायी क्षण थियो। उनले आफूलाई सम्हालेर क्यान्सरलाई चुनौती दिइन्। निधन हुनुभन्दा केही घण्टासम्म उनी मलाई केही हुँदैन भन्दै आफन्त र साथीभाइसँग रम्दै थिइन्। उनको साहस र हिम्मतले लम्बिएको आयु देखेर चिकित्सक नै दंग परे। अन्तिम स्टेज भनिएको क्यान्सरसँग झन्डै तीन वर्षसम्म उनी जुधिरहिन्। तीन महिनाको म्याद पाएकी उनी ३४ महिनासम्म क्यान्सरसँग लडिन्। अन्नतः आइतबार राति उनले क्यान्सरसँग हार खाइन्।

यो पढ्नुहोस् :  क्यान्सरलाई चुनौती !

पुरानो मेडिकल कलेजमा उनको निधन भएको हो। २०७४ वैशाखमा उनलाई चौथो स्टेजको क्यान्सर देखिएको थियो। पछिल्ला दुई महिना उनी कमजोर हुँदै गइन्। उनको अवस्थाले चिन्तित परिवारलाई उनको बोलीले राहत दिन्थ्यो। ‘बोलीमा कमान्डिङ भ्वाइस थियो’, उनका श्रीमान् डा. प्रमोद लामिछानेले भने, ‘अन्तिम अवस्थामा पनि मलाई केही हुँदैन भन्दै रोगसँग लड्ने हिम्मत गरिन्।’ बिरामी अवस्थामा पनि डा. विष्णुमाया खरेल आफैंले सञ्चालन गरेको एलाइभ अस्पतालको व्यवस्थापनमा सक्रिय थिइन्। निधन भएकी उनी पेसाले दन्त चिकित्सक थिइन्।

क्यान्सरको उपचारमा रहँदा पनि उनले बिरामीको दाँत उपचार गरिरहेकी थिइन्। उनलाई तीन चरणमा १८ सर्कलको केमो लगाइएको थियो। कतिपय बिरामीको पहिलो चरणको केमोथेरापी समेत सहन नसकी निधन हुन्छ। सबै चरणको केमोथेरापी सकिँदा पनि उनको हिम्मत कम थिएन। क्यान्सर लागेर यति लामो समय बाँचेकी उनलाई देखेर उपचारमा संलग्न चिकित्सक दंग परेका थिए। बिपी कोइराला मेमोरियल क्यान्सरका मेडिकलक अंकोलोजिस्ट डा. गुरुशरण शाहले उपचारसँगै बिरामीको आत्मबलले आयु लम्बिएको बताए।

‘चौथो स्टेजको क्यान्सर लागेर यति लामो बाँचेको देख्दा छक्क पर्‍यौं’, उनले भने, ‘क्यान्सर लाग्दैमा मरिने होइन, उपचारसँगै हिम्मत चाहिन्छ भन्ने कुरा समाजका लागि उहाँको जीवन अर्को उदाहरण बनेको छ।’ डिम्बासयमा क्यान्सर लागेको थाहा पाएपछि विष्णुमायाले दिल्लीको बीएलके अस्पतालमा उपचार गरेर बाँकी भरतपुरको सेन्ट्रल अस्पतालमा उपचार गरिन्। खरेल दम्पतीले पेटमा ११ हप्ताको बच्चा र अन्तिम स्टेजको क्यान्सर भएको एकैपटक थाहा पाएका थिए। विष्णुमायालाई देख्नेहरू चकित पर्थे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.