योगले मस्तिष्कलाई फाइदा गर्ने

योगले मस्तिष्कलाई फाइदा गर्ने

वासिङटन : योगले मस्तिष्कलाई फाइदा पुर्‍याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ। मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगले सहयोग पुर्‍याउने देखिएको वैज्ञानिक अध्ययनको निष्कर्ष छ। ‘ब्रेन प्लाष्टिसिटी’ जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ। अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्बन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताले जनाएका छन्। अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ। त्यसमा उनीहरूको मस्तिष्क विकासको शुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ।

त्यसैगरी अर्को अध्ययनमा नियमित रूपमा योग गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो।

‘हामीले गरेको ११ वटा अध्ययनबाट यो निष्कर्ष निकालेका छौँ कि मानव मस्तिष्कको वृद्धि विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ’, अध्ययनको नेतृत्व गरेका नेहा गोथेले भनिन्। ‘युनिभर्सिटी अफ इलिनोइस किनेसिओलोजी एण्ड कम्युनिटी’का स्वास्थ्य प्राध्यापक नेहाले ‘वायन स्टेट युनिभर्सिटी’का मनोविज्ञान प्राध्यापक जेसिका दामोइसियक्ससँगले अध्ययनको नेतृत्व गरेकी थिइन्।

‘यससम्बन्धी धेरै अध्ययन भए पनि नियमित योग र मस्तिष्कको विकासको अन्तरसम्बन्धको गहिरो अध्ययन भएको थिएन तर यो अध्ययनले त्यसलाई जोड दिएको छ’, दामोइसियक्सले भने। नियमित योग गर्नाले दिमागको सक्रियता व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले बताएको छ। योग नगर्नेभन्दा योग गर्नेको दिमाग बढी चलायमान हुने भएकाले वृद्धि र विकासमा सहयोग पुगेको अध्ययनको निष्कर्ष छ।

‘योग कुनै बाह्य कसरत मात्रै होइन। यो त दिमाग परिवर्तन गराउने अर्कै नेतृत्वदायी संयन्त्र हो’, नेहाले भनिन्। यद्यपि त्यस्तो संयन्त्रको कुनै पहिचान र प्रमाण भने आफूहरूसँग नभएको पनि उनले उल्लेख गरिन्।

योगले मानिसको तनाव व्यवस्थापन तथा न्यूनीकरण गर्न सहयोग पुर्‍याउने आफूहरूको अध्ययनबाट देखिएको गोथेले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.