आठ पृष्ठ खाली राखेर किन निक्ल्यो अखबार ?

आठ पृष्ठ खाली राखेर किन निक्ल्यो अखबार ?

अस्ट्रेलियामा कोरोना भाइरसको सन्त्रास फैलिएपछि मान्छेहरूले दैनिक अत्यावश्यक चिज जोहो गर्न थाले। थुप्रै सुपरमार्केट खाली हुन पुगे। 

अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पनि मान्छेहरूले अधिकभन्दा अधिक सामान किन्न थाले। घरघरमा खाद्यवस्तुदेखि ट्वाइलेट पेपरसम्म चाहिनेभन्दा बढी थुपार्न थालियो। परिणामतः बजारमा ट्वाइलेट पेपरको अभाव भयो। 

यस अभावमा अलिकति भरथेग गर्न एउटा अखबार तम्सियो। ‘एनटी न्युज’ नामक पत्रिकाले ट्वाइलेट पेपरको अभाव पूर्ति गर्न अघिल्लो बिहीबार आफ्नो प्रकाशन इतिहासमै अनौठो काम गर्‍यो। उसले आठ पृष्ठ अतिरिक्त निकाल्यो र ती सबै पृष्ठ खाली थिए। 

‘ट्वाइलेट पेपरको अभाव भयो ? एनटी न्युज तपाईंहरूको साथमा छ’– उसले अतिरिक्त आठ खाली पृष्ठ प्रकाशन गर्दै भनेको थियो, ‘त्यसैले हामीले आठ पृष्ठ खाली छोडिदिएका छौँ। आपत्कालीन अवस्थामा यी पृष्ठ तपाईंलाई काम लाग्न सक्छन्।’ 

एनटी न्युजका सम्पादक म्याट विलियम्सले खाली आठ पृष्ठको विशेष संस्करण खेर नजाने बताए। ‘यो अखबार रद्दी साबित हुनेछैन,’ उनले भने, ‘जनतालाई यी आठ पृष्ठ आपत्मा काम लाग्न सक्छन्।’  

अस्ट्रेलियामा ट्वाइलेट पेपरहरू अत्यधिक किनिन थालेका छन्। धेरै पसल रित्तिसकेका छन्। यहाँको सबैभन्दा ठूलो सुपरमार्केट वुलवथ्र्सले आफ्ना ग्राहकलाई एक पटकमा चार रोल मात्र ट्वाइलेट पेपर बेच्ने बताएको छ। 

अस्ट्रेलियाका प्रमुख चिकित्सा अधिकारी ब्रेन्डन मर्फीले मान्छेहरूलाई आत्तिएर धेरै सामान जम्मा नगर्न आग्रह गरेका छन्। त्यहाँ हाल कोरोना भाइरसको त्रासले साबुन, स्यानिटाइजर, ट्वाइलेट पेपरलगायत सामग्री चाहिनेभन्दा बढी थुपार्ने गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.