मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया भवाडीमा घरेलु मदिरा पिउँदा ८ जनाको ज्यान गएको छ । बिहीबार तीनजना, शुक्रबार चारजना र शनिबार एकजना गरी जम्मा ८ जनाको ज्यान गएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका बस्ने ३५ वर्षीय ब्रह्मदेव यादव, सोही स्थानका ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी मण्डलको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।

क्षिरेश्वर नगरपालिका १ का ३६ वर्षीय रामनारायण मण्डल, सोही ठाउँ बस्ने २७ वर्षीय इन्द्रजित महरा, ४७ वर्षीय शत्रुधन मण्डल र धनुषाकै जनकपुरधाम उप–महानगरपालिका देवपुरा रुपैठा स्थायी घर भइ ससुराली सपही बस्दै आएका ३० वर्षीय राजु महरा र ६० वर्षीय श्रीदेव यादवको मृत्यु भएको छ । 

सपहीका स्थानीयका अनुसार दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सुत्ने वर्षौंदेखिको दैनिकी भएका मानिसहरूको मृत्यु भएको हो । उनीहरू प्रायः सबैको टाउको दुख्ने, बान्ता हुने, छटपट्टी भएर मृत्यु भएको स्थानीय शत्रुधन यादवले जानकारी दिए ।

घरेलु मदिरा सेवनले सोही स्थानका २२ वर्षीय भरत सदा, २३ वर्षीय प्रदिप सदा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफको रमैदया स्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । यसैगरी ३७ वर्षीय रामईश्वर महरा, ५० वर्षीय सिताराम यादवको जनकपुर स्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा भइरहेको छ ।

धनुषा तथा महोत्तरीका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका २ की ‘तारापट्टीबाली’ भनिने घरेलु मदिरा ओसार–पोसारमा संलग्न ४५ वर्षीय छठिया देवी मण्डल, उत्पादक ४८ वर्षीय रामानन्द साह, सोही ठाउँ बस्ने ४१ वर्षीय जयकुमार यादव, सोही नपा ६ बगेवा बस्ने २४ वर्षीय नविन यादव, ५० वर्षीय घुरन यादव पक्राउ परेका छन् । 

महोत्तरीको भंगहा नगरपालिका ३ सखरी टोलका ४७ वर्षीय जगतनारायण मण्डल र जनकपुरधाम उप–महानगरपालिका १४ बस्ने मदिरा ओसार–पोसारमा संलग्न ३५ वर्षीय शीतलदेवी यादवलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.