कोरोना भाइरसबारे गाउँपालिकाको सचेतना

कोरोना भाइरसबारे गाउँपालिकाको सचेतना

डडेल्धुरा : विश्‍वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) का बारेमा विधार्थीलाई अभिमुखिकरण मार्फत सचेतना गराइँदै छ । चैत ६ बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) र सचांलनमा रहेका अन्य परीक्षामा विद्यार्थीको भीडभाड बढी हुने भएपछि कोरोनाका बारेमा सचेतना गरिएको हो ।

समुदायस्तरमा सचेतना फैलाउन विद्यार्थीबाट चाँडो र सजिलो हुने भन्दै डडेल्धुराको नबदुर्गा गाउँपालिकाले विद्यालय र आमा समूहमार्फत सचेतनाका काम गरिरहेको गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टले बताए ।

वडास्तरमा कोरोनाका लक्षण, यसबाट बच्न उपायकाबारे महिला स्वास्थ्य स्वयम सेवीकामार्फत आमा समूहले सचेतना गराउँदै आएका छन् भने विद्यालयमा प्राथना समयमा दैनिक यसको जानकारी गराउँदै आएको शिक्षकले बताएका छन्।

वडा र गाउँपालिकामा संयन्त्रमार्फत कोरोनाबारे सचेतना गर्न लागेको नवदुर्गा गाउँपालिकाले जनाएको छ । कोराना संक्रमित बिरामी भेटिए छुट्टै राख्ने आइसोलेसन कक्षको तयारी भइरहेको छ।

अन्य स्थानीय तह र जिल्ला सदरमुकाममा पनि विभिन्न संघसस्थाले कोरोनाबाट बच्न र बचाउन नागरिलाई सचेत गरिरहेका छन् ।जिल्ला सदरमुकाममा ग्रामिण महिला विकास केन्द्र रुडुकको सहयोगमा जेसिस डडेल्धुराले पनि पर्चा वितरणका साथै यसका लक्षण र बच्ने उपायाका बारेमा सचेतना गरिरहेको जेसिस डडेल्धुरा अध्यक्ष बरुण पनेरुले बताए ।

नबदुर्गा गाउँपालिका सुदूरपश्चिमका विभिन्न पहाडि जिल्लासँग जोडिएको हुँदा विभिन्न ठाउँबाट गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने हरुको पनि विशेष निगरानी थालेको छ।हाल यो रोगका कारण छिमेकी मुलुक भारतमा ३ जनाको मृत्यु भइसकेको छ भने विश्‍वभर ८ हजार बढी मानिसको मृत्यु भइसकेको तथ्याकं सार्वजनिक भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.