दादुरा-रुवेला खोप अभियानबारे सचेत गराइँदै

दादुरा-रुवेला खोप अभियानबारे सचेत गराइँदै

डोल्पा : राष्ट्रिय खोप कार्यक्रम कार्यक्रमअन्तर्गत दादुरा रुवेला खोप अभियान बारे सचेत गराउन थालिएको छ । डोल्पा जिल्लामा एक कार्यक्रमका बीच खोप अभियानबारे जानकारी गराइएको हो ।

सन २०२० मा रोटा भाइरसविरुद्धको खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । दादुरा रुवेला खोप संस्थागत,बाह्य खोप केन्द्र र घुम्ती खोप सेवा सञ्चालन गरेर सबै बालबालिकामा खोप लागइने छ । 

डोल्पा जिल्ला भूगोलमा निकै ठूलो जिल्ला भएको कारण थप घुम्ती खोप केन्द्रको स्थापना गरेर खोप लगाइ खोपबाट कुनैपनि बालबालिका बञ्चित हुन नदिने जिल्ला खोप समन्वय समितिले जानकारी दिएको छ ।

उपचार नहुने भएको हुदा समयमा नै खोप लगाउनु महत्वपूर्ण रहेको डाक्टर मछिन्द्र बडूलाले जानकारी दिए । उनले सरकारले अभियानको समयमा मात्रै नभएर अन्य समयमा पनि निरन्तरता दिइरहेको बताए । 

अहिले पनि ३० प्रतिशत बालबालिका खोपबाट बञ्चित रहेका छन् भने हरेक वर्ष साँढे छ लाख बालबालिकालाई खोप लगाउने गरिन्छ । यो रोग हाल पनि महामारिकै रुपमा रहेको छ । 

डोल्पाका ८ स्थानीय तहमा दुई चरणमा खोप सुरु गरिने छ । अभियानमा ३६२१ बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जानकारी दिएको छ । 

जिल्लाभर ११२ खोप केन्द्र र २२४ जना स्वयमसेवक र ११२ जना खोप कार्यकर्ता खटिने छन् । चैत्र १६ गतेदेखि जिल्लाभर दादुरा रुवेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख डाक्टर जिजन रावलले जानकारी दिए। 

कोरोना भाइरसबारे जानकारी दिँदै चिकित्सक 

डोल्पामा पहिलो पटक कोभिट १९ कोरोना भाइरसबारे जानकारी दिन लागिएको छ । विश्‍व महामारीको रुपमा फैलिएको महिनौ भइसक्दा डोल्पामा पहिलो पटक डाक्टरले कोरोनाबारे जानकारी गराइएको हो। 

गाउँका सामान्य मानिसले समेत कोरोनाबाट त्रसित रहँदा जिल्लामा कुनैपनि क्षेत्रमा सुरक्षाका लागि हेल्पडेक्स राखिएका छैनन् । चीनसँग सीमाना जोडिएको डोल्पामा प्रभावकारी रुपमा लागिएको भने देखिँदैन । जुफाल बिमानस्थलमा सामान्य चेकजाँच गरिए पनि उपकरण भने प्रभावकारी नभएको नागरिकको गुनसो रहेको छ । 

कसरी बच्न सकिन्छ भन्नेबारे चिकित्सकहरुले सरोकारवालालाइ जानकारी गराइ रहेका छन । डोल्पामा पनि कोही हुन सक्ने भएकोले समयमा लक्ष्यण देखिएमा होमलेस आइसोलेसनमा बस्न र पठाउन सबैले सहयोग गर्न डाक्टर सिजन रावलले आग्रह गरे । 

जिल्लाका सबै क्षेत्रबाट जिल्ला भित्र प्रबेश गर्ने सबै नागरिकलाई चेकजाँच गर्ने हेल्पडेक्स राख्ने र प्रहरीले समेत विवरण राख्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 

भारतबाट नेपाल र डोल्पा सम्म फर्किन थालेपछि स्थानीय त्रसित भएकाले हेल्प डेस्क र चेकजाँचमा कडाइ गरिने प्रजिअ सुनारले बताए । यसमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।उनले सभा सम्मेलन जमघटमा सहभागि नहुन समेत  आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.