‘विदेशमा कोरोना भाइरसबाट सतर्क रहनू’

‘विदेशमा कोरोना भाइरसबाट सतर्क रहनू’

काठमाडौं : सरकारले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेको छ। कोरोना फैलिएको सबै मुलुकमा नेपाली पुगेका छन्। सरकारले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई एकै स्थानमा जम्मा नहुन र बाहिर ननिस्कन भनेको छ। अस्ट्रेलियामा डेढ लाखभन्दा बढी नेपाली छन्। तीमध्ये अधिकांश विद्यार्थी छन्। अस्ट्रेलियाका नेपाली खाना मात्र होइन ट्वाइलेट पेपरसमेत नपाएर असहजमा छन्। चितवनका उमेश थापाले सिड्नीबाट टेलिफोनमा भने, ‘हामी त ट्वाइलेट पेपर पनि नपाएर अलमलमा छौं। खानेकुरा त जम्मा गरिएको छ। त्रास बढ्दो छ।’

त्यस्तै अवस्था खाडीमा रहेका नेपालीको पनि छ। दक्षिण कोरिया र जापानमा रहेका नेपालीले पनि उस्तै पीडा सुनाएका छन्। ती देशका नागरिकलाई सम्बन्धित दूतावासमार्फत सतर्क रहन अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।सरकारले कोरोना भाइरसको जोखिम कम गर्न छिमेकी र शक्ति राष्ट्रको सहयोग लिने तयारी गरेको छ। चीनले यसअघि नै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सार्क क्षेत्रमा पनि भारतको अगुवाइमा सहकार्य गरेर महामारीविरुद्ध लड्ने तयारी छ।

शान्ति सेनालाई सतर्क रहन निर्देशन

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न शान्ति मिसनमा रहेका नेपाली सेनाले उच्च सतर्कता अपनाइरहेको जंगी अड्डाले जनाएको छ। मिसनमा तैनाथ शान्ति सैनिकलाई संक्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको छ। विश्वका ११ मुलुकमा पाँच हजार एक सय एक नेपाली शान्ति सैनिक खटिएका छन्। यसैबीच दक्षिण सुडानले चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरुको हवाई आवगमनमा रोक लगाएको छ। ती देशमा तैनाथ हुन जाने शान्ति सैनिकको रि–डिप्पोयमेन्ट स्थगित भएको नेपाली सेनाले जनाएको छ।

जंगीअड्डामा पूर्वाभ्यास

नेपाली सेनाले कोरोनाको जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे जंगीअड्डा परिसरमा पूर्वाभ्यास गरेको छ। अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शंकास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिने सेवाबारे पूर्वाभ्यास गरिएको नेपाली सेनाले जनाएको छ। बिरामी र चिकित्सकले अपनाउनुपर्ने सजगताका लगायतबारे जानकारी दिन अभ्यास गरिएको सेनाले स्पष्ट पारेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.