१६ किलोमिटर उल्टो साइकल चलाएर टुटेश्वर महादेवलाई जल अर्पण

१६ किलोमिटर उल्टो साइकल चलाएर टुटेश्वर महादेवलाई जल अर्पण
सुन्नुहोस्

बर्दिबास : १६ किलो मिटर उल्टो साइकल चलाएर महोत्तरीको बर्दिबासका एक स्वास्थ्यकर्मीले मधेसको कैलाश टुटेश्वरका रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा जल अभिषेक गरेका छन् ।

बर्दिबास नगरपालिका-५ पावनभुमी टुटेश्वर अवस्थित पुरातात्त्विक एव एतिहासिक टुटेश्वरनाथ महादेवको (शिवलिङ) मा उनले सोमबार जल चढाएका थिए । १२ हजार वर्ष पुरानो रातु नदि सभ्यताको जल चढाउन पुर्व-पश्चिम राजमार्ग हुँदै उनले जल लिएर मन्दिरमा चढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले जनाए । पोखरेलको रचनात्मक धार्मिक कामले मन्दिरको प्रचारप्रसारमा टेवा पुगेको उनको भनाइ छ ।

संक्रामक रोग एचआईभी एड्स र लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउन पोखरेलले २०६३ सालमा मेचीदेखि महाकालीसम्म उल्टो साइकल यात्रा गरेका थिए ।  यसपाली पोखरेलले विशेष धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि उल्टो साइकल यात्रा गरेको जनाए ।

पोखरेलले सोमबार बिहान रातु नदीबाट पवित्र जल संकलन गरी उल्टो साइकल चलाउँदै टुटेश्वरनाथ महादेव मन्दिरसम्म पुगेर भगवान शिवलाई जल अर्पण गरेका थिए । 

null

बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रातु नदी सभ्यताको महत्व, स्थानीय धार्मिक सम्पदा र मधेसको कैलासपति बाबा टुटेश्वरनाथ महादेवको पहिचानलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय  स्तरमा उजागर गर्ने उद्देश्यले यो रचनात्मक अभियान सञ्चालन गरेको बताए ।

'स्थानीय मठमन्दिर, धार्मिक स्थल र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले यो यात्रा गरेको हुँ,' उनले भने, 'रातु नदीको जल टुटेश्वरनाथ महादेवमा अर्पण गर्नु केवल धार्मिक आस्थाको विषय मात्र नभई नदी सभ्यता, संस्कृति र प्रकृतिबीचको सम्बन्धलाई सम्मान गर्ने प्रतीकात्मक अभियान पनि हो।'

श्रावण महिनामा नेपाल र भारतबाट १० लाखको संख्यामा श्रद्धालु पुग्ने टुटेश्वरनाथ महादेव मन्दिरमा भएको यो अनौठो उल्टो साइकल यात्राले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै टुटेश्वरको पहिचानलाई थप व्यापक बनाएको महोत्तरी क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्री प्रमोद कुमार महतोले जनाए । 

स्थानीयवासीले पनि पोखरेलको यस अभियानलाई धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनलाई जोड्ने सिर्जनात्मक प्रयासका रूपमा लिएका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.