एसईई स्थगित पछि दुर्गमका विद्यार्थीलाई सास्ती (फोटोफिचर)

एसईई स्थगित पछि दुर्गमका विद्यार्थीलाई सास्ती (फोटोफिचर)

डोटी : जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिन परीक्षा केन्द्रमा आएका विद्यार्थी खिन्नताका साथ घर फर्किँदै छन्। बिहीबारदेखि संचालनमा आउने एसईई परीक्षा नेपाल सरकारले बुधबार मात्रै स्थगित भएको घोषणा गरेपछि विद्यार्थी अन्यौलमा परेका छन्।

कोरोना भाइरस फैलन नदिन र सचेत हुन नेपाल सरकारले अन्तिममा आएर एसईईको परीक्षा स्थगित गरेको हो । विद्यार्थी तयारीका साथ आ-आफ्नो परीक्षा केन्द्रमा आएका विद्यार्थी परीक्षा नदिन नपाउँदा दिक्‍क लागेको बताएका छन्।

'स्थगित गर्नु नै थियो भने समयमै गरेको भए हुन्थ्यो,' रामपुर मावि बुडरका विद्यार्थी मिना धामीले भनिन, 'यत्रो खर्च गरेर त्यति टाढाबाट आयौं, अन्तिममा आएर परीक्षा स्थगित भयो ।'

रामपुर माविका विद्यार्थी एक दिनको गाडीको यात्रा गरेर तीन दिन अगाडि सिलगढीमा परीक्षा दिन आएका थिए । कोरोनाको त्रासका कारण परीक्षा स्तगित गर्नु राम्रो भएपनि समयमै निर्णय गर्नुपथ्र्यो। रामपुर माविका शिक्षक नविन सलामी मगरले भने, ,' विद्यार्थीको खर्च बढ्नुको साथै दु:ख समेत पाएका छन्।'

केआइसिंह गाउँपालिका ३ की रोजिना भट्ट बिहीबारबाट हुने भनिएको एसईईको परीक्षा दिन सोमबार घरबाट टाढा बोगटान फुडसिल गाउँपालिकाको खत्याडी पुगेर डेरामा बस्दै आएकी थिइन्। परीक्षा स्थगित भएको खबर सुनेपछि उनी अन्योलमा परेकी छिन्।

भट्टसँगै झिमेमालिका मावि वायलबाट खत्याडी पुगेका ४५ जना विद्यार्थी अन्योलतमा परेका छन्। सरकारले एसईई स्थगित गरेपनि नयाँ मिति तय नगर्दा घर फर्किने वा डेरामै बस्ने भन्ने अन्योलमा छन्।

पूरा तयारीका साथ परीक्षा दिन आएका थियौं तर परीक्षा नहुँदा समस्या भएको सिताराम माविका विद्यार्थी पुष्पराज न्यौन्यालले बताए । सिताराम माविका विद्यार्थी सन्तोष बोहराले भने, 'अब घर फर्किंदा तयारी गरेको कुरा समेत बिर्सने भयौं ।'

यस वर्षको एसईई परीक्षामा डोटीबाट तीन हजार ९६ जना परीक्षार्थी सहभागी हुँदैछन्।जसमा एक हजार छ सय २५ छात्र र एक हजार चार सय ७१ छात्रा रहेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

जिल्लामा जम्मा १२ वटा परीक्षा केन्द्र र सबै केन्द्रमा प्रश्नपत्रलगायतका सामग्री पुर्‍याइ सकिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामदत्त जोशीले बताए छन्। डोटीमा एसईई परीक्षा दिने मध्ये ८७ जना प्राविधिकतर्फका विद्यार्थी रहेका छन् भने ९२ जना विद्यार्थी ग्रेडवृद्धि लागि परीक्षामा सहभागी हुनेछन्। डोटीको सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा परीक्षा केन्द्र रहेका विद्यार्थी परीक्षा स्थगित भएपछि आ-आफ्नो घर तर्फ फर्किँदै । 

उनीहरु एक दिनभरीको गाडीको यात्रा गरेर सिताराम मावि उच्चाकोट तथा जोरायल गाउँपालिकास्थित रामपुर मावि बुडरबाट तीन दिन अगाडि सिलगढीमा आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.