डलरको भाउ १२० नाघ्यो

डलरको भाउ १२० नाघ्यो

काठमाडौं : अमेरिकी डलरको सटहीदर हालसम्मकै महँगो भएको छ। शुक्रबार एकै दिन डलरको भाउ १ रुपैयाँ १७ पैसा महँगिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको विनिमय (बिक्री) दर १ सय २० रुपैयाँ २८ पैसा तोकेको छ। निजी बैंकहरूले भने योभन्दा केही सस्तोमा डलर बेच्ने भने पनि १ सय २० रुपैयाँभन्दा महँगो नै छ।

भारतमा विदेशीमात्र होइन, स्वदेशी लगानीकर्ताले पनि सम्पत्ति बेच्ने लहर चलेपछि अमेरिकी मुद्रा बलियो भएको हो। अमेरिकामा त्यहाँको सरकारले ५० अर्ब डलरको राहत प्याकेज ल्याउने, ब्याजदर घटाउनेजस्ता प्रयास गरेका कारण पनि भारतीय मुद्रालाई दबाब परेको छ।

बिहीबार भारतीय मुद्रा हालसम्मकै कमजोर भएर एक डलरको ७५.३१ भारुसम्म कारोबार भएको थियो। तर, बजार बन्द हुँदासम्म सरकारी बैंकमा डलरको भाउ केही सस्तिएर ७४.९९ भारुमा झरेको थियो। यो पनि अघिल्लो दिनको भन्दा ७६ पैसा महँगो हो। भारुको यति ठूलो अवमूल्यनका कारण नेपाली रुपैयाँ पनि सस्तिएको हो।

पछिल्लो २० दिनमा डलरको मूल्य ४ रुपैयाँ ४८ पैसा महँगिएको छ। अंग्रेजी महिना मार्च लागेपछि डलरसँगै कतार, साउदी अरेबिया, यूएई र बहराइनका मुद्रा पनि ३ प्रतिशतभन्दा धेरै महँगिएका छन्। हङकङ डलर भने ४ प्रतिशतभन्दा बढी महँगिएको छ। तर, बेलायत, अस्ट्रेलिया, क्यानडा, स्वेडेनका मुद्रा भने सस्तिएका छन्।

ब्रिटिस पाउन्ड मार्च महिनामा १० रुपैयाँ ३० पैसा सस्तिएको छ। यो ६.९ प्रतिशत हो। यो महिनाको सुरुमा पाउन्ड महँगिएको थियो। तर, पछिल्लो दश दिनमा १६ रुपैयाँ ४७ पैसा सस्तिएको छ। मार्चको सुरुवाती १० दिनमा ३ रुपैयाँ महँगिएको अस्ट्रेलियन डलर पछिल्ला १० दिनमा भने ९ रुपैयाँ ५४ पैसा सस्तिएको छ। क्यानेडियन डलर पनि यो दश दिनमा साढे ४ रुपैयाँ सस्तिएको छ।

पछिल्लो १० दिनमा डलरसँगै पश्चिम एसियाका खाडी राष्ट्रको मुद्रा बलियो भएका छन्। बितेको एक सातामा बाँकी मुद्रा भने सस्तिन थालेका छन्। डलरसँगै बिहीबार ७५ हजारमा झरेको सुनको भाउ शुक्रबार पुनः बढेर तोलाको ७५ हजार ५ सय पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.