बच्चा जन्मिएपछि कोरोनाले आमाको मृत्यु

बच्चा जन्मिएपछि कोरोनाले आमाको मृत्यु

पोल्यान्ड : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ। ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको आशंका गरिएको छ। 

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.