कोरोना संक्रमण प्रभाव : भिसा जारी प्रक्रिया स्थगित

कोरोना संक्रमण प्रभाव : भिसा जारी प्रक्रिया स्थगित

काठमाडौं : अध्यागमन विभागले आइबारबाट सबै प्रकारका प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया स्थगित गरेको छ। विभागले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सबै प्रकारका भिसा जारी र नविकरण गर्ने प्रक्रिया स्थगित गरेको हो। 

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशी नागरिकका लागि जारी गर्दै आएको भिसा चैत्र २१ गते सम्मका लागि स्थगित गरेको छ। विभागले आइतबारबाट कुनै पनि प्रकारका भिसा जारी गरेन। 

भिसा नविकरण समेत नगर्ने जनाएको छ। विभागले आफ्नो कार्यालय प्रवेश गर्ने मुल गेटमा सूचना टाँस गरेर भिसा प्रदान गर्ने प्रक्रिया स्थगित गरेको जनाएको छ। 

उसले आफ्नो वेवसाइट मार्फत समेत भिसा जारी गर्ने प्रक्रिया स्थगन गरिएको जानकारी गराएको छ। नेपालस्थित अमेरिकी दूतावासले समेत भिसा जारी गर्ने प्रक्रिया स्थगित गरिसकेको छ। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिम र त्यसबाट उत्पन्न हुन सक्ने प्रभावलाई नियन्त्रण गर्न नेपाल सरकारले आइतबारदेखि चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो। 

सरकारको सोही निर्णयलाई आधार मान्दै अध्यागमन विभागले आइतवारबाट सबै प्रकारका भिसा जारी गर्ने प्रक्रिया स्थगित गरेको हो। सेवा प्रवाह बन्द भएका बेला भिसाको अवधि समाप्त भएमा सेवा सुचारु भए पछि नियम अनुसार भिसा नियमित गरिने अध्यागमन विभागले जनाएको छ। 

आइतबार भिसा सम्बन्धी काम लिएर अध्यागमन विभाग पुगेका विदेशीहरु सेवा वन्द भएको सुचना पढेर फर्किएका छन। भिसा नविकरण गर्न दिनहुँ सयौं विदेशीहरु अध्यागमन विभाग पुग्ने गरेका थिए। अध्यागमन विभागले पर्यटक, ध्ययन, वैवाहिक, नातेदार, व्यापार लगायतका भिसा जारी गर्दै आएको छ। 

विभागले उपत्यका बाहिरका अध्यागमन नाकाहरुबाट भिसा जारी गर्ने प्रक्रिया यस अघि नै स्थगित गरेको थियो। सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गत साता युरोपेली मुलुक, पश्चिम एसियाली मुलुकलगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिक र ती मुलुकमा रहेका नेपालीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो। 

सरकारले विदेशमा रहेका नेपालीलाई जे जस्तो अवस्थामा रहेपनि त्यही अवस्थामा सुरक्षित रहन आग्रह गर्दै आएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भााइरसको संक्रमण अनियन्त्रित रुपमा विश्वव्यापी फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण एसियाली मुलुकमा फैलनसक्ने चेतावनी दिएपछि पूर्वसावधानी अपनाउँदै सरकारले अत्यावश्यक बाहेकका सवै सेवा वन्द गर्ने निर्णय गरेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.