तीन सय बालबालिका घर फर्काउँदै

तीन सय बालबालिका घर फर्काउँदै

डोल्पा : डोल्पा जिल्लाको काईके गाँउपालिकाले तीन सय बालबालिका घर फर्काउन लागेको छ । गाँउपालिकाको करिब ३० लाख खर्चमा तीन सय बालबालिका घर परिवारसम्म ल्याउने भएको हो । 

 
काईके गाँउ कार्यपालिकाको  चैत्र ९ गतेको आपतकालीन बैठकको निर्णयअनुसार काठमाण्डौ, पोखरा, नेपालगञ्ज, सुर्खेत लगायत देशका विभिन्न शहरमा रहेका तीन सय बालवालिकालाई गाँउपालिकाको खर्चबाट गाँउ फर्काउन लागेको गाँउपालिका अध्यक्ष अंगदकुमार रानाले जानकारी दिए । 

रानाका अनुसार कोरोना भाइरसले विश्व आक्रान्त भएको बेलामा स्थानीय आत्तिएपछि स्थानीय सरकारले आर्थिक सहयोग गरेर घरसम्म ल्याइदिन लागेको बताए । 

अध्ययन गर्न देशका विभिन्न शहरमा गएका बालबालिकाको उद्धारमा स्थानीय सरकारले जुनसुकै मुल्य चुकाउन तयार रहेको भन्दै विद्यालय बन्द भएपछि अलपत्र जस्तै परेका नागरिकलाई भाइरसबाट बचाउन स्थानीय सरकारको जिम्मेवारी रहेको गाँउपालिका अध्यक्ष रानाले ठोकुवा गरे । 

जहाजमा गाडीमा जसरी भए पनि गाँउपालिकासम्म ल्याउन यात्राका क्रममा पर्ने असहजतालाई सहज गराइदिन भन्दै गाँउ कार्यपालिकाले सबै निकायलाई पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् । 

उनले भनिन्, 'धेरै बालबालिकाले यात्रा गर्नुपर्ने बाध्यता छ । यातायात ब्यवासायी प्रहरी प्रशासनसमेतले सहयोग गर्नुहुनेछ । बालबालिकालाई घरसम्म अभिभावकको जिम्मा लगाउन सबैको सहयोग हुने छ ।'   

अधिकारिका अनुसार गाँउपालिकामा तत्कालका लागि आवश्यक पर्ने औषधि डाक्टरसँग परामर्श गरी खरिद गर्न लागिएको र केही दिनमा गाँउगाँउमा पुगेर जनतलाई औषधिसहित माक्स, सेनिटाइजर र साबुन वितरण गरी कोरोनाबाट बच्न सचेत गराउने बताइन् । 

कोभिड–१९ ले विश्व आक्रान्त भएको बेलामा नेपाल सरकारले गरेको सबै खाले निर्णयको स्वागत गर्दै स्थानीय सरकारको जिम्मेवारीसमेत पूरा गर्न जनताको स्वास्थ्यमा कुनै पनि कसुर बाँकी नराख्ने अध्यक्ष रानाले दाबी गरे । 

गाँउ कार्यपालिकाले स्वास्थ्य संस्थाका सबै कर्मचारी सेवा क्षेत्रमा तैनाथ रहन निर्देशन दिएको र कार्यालय बन्द नगरिने तर काम भने अत्यावश्यकबाहेक बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् । 

चिनसँग सीमा जोडिएको जिल्ला डोल्पा भएकोले निकै जोखिम भएको सचेतनाको लागि हरेक नागरिकले सहयोग गर्न गाँउपालिकाले नागरिकलाई आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.