परीक्षण किट छैन

परीक्षण किट छैन

दाङ : घटना १

भारतबाट फर्किएका दाङ तुलसीपुरका १७ बर्से लामो समय ज्वरो र खोकीग्रस्त भएपछि उपचारका लागि जिल्ला अस्पताल पुगे। जिल्लाका सबै निजी अस्पताल पुगेका उनी उपचारका लागि अन्त्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। प्रतिष्ठानले कोरोनाको आशंका गरेर आइसोलेसनमा राखी उपचार थाल्यो। बिरामीको नमुना लियो तर परीक्षण गर्न सकेन। अन्यत्र पठाउन चाहिने भाइल ट्रान्सफर क्यारियर (भीपी क्यारियर) नहुँदा आइतबार पनि नमुना काठमाडौं पुगेको छैन।

घटना २

शनिबार दाङ गढवाका ३ जना स्वास्थ्यजाँचका लागि नजिकको स्वास्थ्य संस्थामा पुगे। स्वास्थ्य संस्थाले कोरोना संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइदियो। ३ मध्ये २ जनालाई प्रतिष्ठानले कोरोनाको आशंका गर्‍यो। स्याम्पल लिइयो। दुवै जनालाई आइसोलेसनमा राखी उपचार थालिएको छ। उनीहरूमा कोरोना संक्रमण भए नभएको पुष्टि भएको छैन।

१० शैय्याको आइसोलेसन बनाएको प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने किट छैन। सरकारले सबै स्वास्थ्य संस्थामा पठाउनुपर्ने परीक्षण किट नपठाउँदा अनुमानका भरमा उपचार गर्नुपर्ने अवस्था छ। किट नहुँदा जिल्लामा समस्या छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङले किट ल्याउन सकेको छैन। स्थानीय तहले पनि चासो देखाएका छैनन्। ‘प्रतिष्ठानमा अहिले कोरोना रोकथामका लागि सामान्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मात्र छ,’ प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले भनिन्, ‘कोरोना जाँच गर्ने पर्याप्त सामग्री नहुँदा गाह्रो भएको छ। परीक्षण गर्न काठमाडौं नै पठाउनु पर्छ। उपकरण यहीं भए तत्काल पुष्टि गर्न सकिने थियो।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल र यहाँका निजी अस्पतालमा किट छैन। अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखाले ज्वरोबाहेक अरू केही जाँचमा हुँदैन। ‘अस्पतालमा अहिलेसम्म कोरोनाको लक्षण देखिएको बिरामी फेला परेका छैन। कोरोनाको आशंका भए स्याम्पल काठमाडौं पठाउनुको विकल्प छैन,’ राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्रताप पोखरेलले भने, ‘कोरोना जाँचका लागि जनशक्ति पनि छैन। किटको मात्र होइन, जनशक्तिको पनि अभाव हो।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक र नर्सलाई स्याम्पल लिन लगाउनु पर्ने प्रोेटेक्टिभ इक्युपमेन्ट वितरण गरेको छ। चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट–पीपीई) प्रतिष्ठानले आफ्नै पहलमा वितरण गरेको जनाएको छ। २० वटा पीपीई डाक्टर र नर्सलाई दिइएको उपकुलपति प्राडा. भण्डारीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.