कोरोना त्रास : १२ कैदी रिहा

कोरोना त्रास : १२ कैदी रिहा

धनुषाः जिल्ला प्रहरी कार्यालय धनुषाले १२ कैदी रिहा गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कैदी रिहा गरिएको हो । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने कारण कैदीको संख्या घटाएकोे धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीकाअनुसार सामान्य प्रकृतिका १२ कैदीलाई रिहा गरिएको हो । उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत सामान्य प्रकृतिका घटनामा संलग्न भईइ हिरासतमा रहेका कैदीलाई छाडिएको बताए ।

उनले भने, ‘सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सामान्य प्रकृतिको अपराधमा संलग्न थुनुवालाई घर पठाइएको जनाए । 

‘सामान्य प्रकृतिका कैदी बन्दीहरुलाई रिहा गरेका हौं, संक्रमणको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाडिएको छ’, उनले भने ।

यस्तै सोमबार १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानून बमोजिम हिरासतमुक्त गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा हाल विभिन्न प्रकृतिका मुद्दाका ६० जना कैदी बन्दीहरु हिरासतमा रहेका छन् । 

गत बिहीबार संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका कैदी बन्दीहरुलाई हिरासत मुक्त गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.