भारत घुमेर पोखरा फर्किएका २२ विद्यार्थीलाई गण्डकी प्रवेशमा रोक

भारत घुमेर पोखरा फर्किएका २२ विद्यार्थीलाई गण्डकी प्रवेशमा रोक

दमौली : २२ यात्रुसहित पोखरा प्रवेश गर्न लागेको एक यात्रुवाहक बसलाई गण्डकी प्रदेश प्रवेशमा रोक लगाइएको छ। भारतको दार्जिलिङ घुमेर आएका २२ विद्यार्थी सवार शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सको ग १ ख ९०१८ नम्बरको यात्रुवाहक बसले प्रवेशको अनुमति मागेकामा मुग्लिङमा रहेका तनहुँतर्फका सुरक्षाकर्मीले रोकेका हुन्।

तनहुँका प्रहरी उपरीक्षक विनोद शिलवालले भारत भ्रमण गरेर काँकडभिट्टा हुँदै आएकाले उनीहरुलाई रोकिएको बताए। ‘तत्काल प्रवेश अनुमति दिइएको छैन,’ उनले भने,‘प्रशासनको अनुमति आएपछि मात्र थप केही गर्छौं।’

उनीहरु विभिन्न ठाउँमा चेकिङ पार गर्दै आएका बताइएको छ। प्रदेश ५ सरकारले अनुमति दिएपछि पोखराका विद्यार्थी सवार सो बस मुग्लिङ हुँदै पोखरा प्रवेश गर्न लागेको थियो। प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने कि के गर्ने भनेर छलफल गरिरहेको जनाएको छ। हाल ति विद्यार्थी तनहुँ र मुग्लिङको सिमानास्थित मुग्लिङ पुल छेउमा छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.