कोरोनाबाट लण्डनमा अर्का एक नेपालीको मृत्यु

कोरोनाबाट लण्डनमा अर्का एक नेपालीको मृत्यु

लण्डन : लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो।

लण्डनमै रहेका मृतक अर्याल नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो। 

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। 

दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ। 

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो। 

चितव पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए। 

मृत्युअघिको क्षण परिवारलाई लाइभ भिडियोमा देखाइएको थियो। अर्यालको निधन हुनुअघिको अन्तिम क्षण उनकी श्रीमती र छोराछोरीले घरमै बसेर लाइभ भिडियोमा हेरेका हुन्। 

‘कोरोना संक्रमणको आशंकाका कारण अस्पतालमै गएर भेट्दा अरुलाई पनि सर्ने जोखिम हुने भएर अस्पतालले लाइभ भिडियो देखाइदिएको रहेछ’, नातेदार कार्कीले भने, ‘अन्तिम अवस्थामा भेन्टिलेटरबाट झिक्दै गरेको क्षणसमेत परिवारले हेरेका थिए।’ 

मृतक अर्यालको परिवार पनि अहिले घरमै आइसोलेसनमै रहेका कारण उनीहरुलाई आफन्त र साथीभाइले समेत भेट्न पाएका छैनन्।
 
एकातिर आफ्नै श्रीमान र बाबुको मृत्यु हुँदासमेत अन्तिममुख हेर्न नपाएर लाइभ भिडियोमा हेर्नुपर्ने बाध्यता छ’, कार्कीले भने, 'यो दुःखको घडीमा आफन्तले पनि परिवारलाई भेट्न पाएका छैनन्।’ अर्यालको अन्तिम संस्कारमा समेत परिवारलाई सहभागी गराउने वा नगराउने विषय प्रष्ट नभएको उनले बताए। 

मृतकको परिवारका अन्य सदस्यमा भने अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.